तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

लालबहादुर खड्का

सर्वप्रथम त, वडा अध्यक्ष लगायत सम्पुर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

जनताको विश्वास , भरोसा , आसा सहितको अमुल्य मतले तपाईहरु त्यसको रिणि र थप जिम्मेवारी बन्नु भएको छ । आसा , बिश्वास छ जनताको बिचार , भावानमा रहेर यो जिम्मेवारीलाई सधै निष्पक्ष तरिकाले सिङ्गो गुर्भाकोट १३ बासिको अबस्था परिवर्तनका निम्ति आफ्नो ५ बर्षिय कार्यकाल सफता पुर्ण सम्पन्न गर्नु हुने छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र पछिको दोस्रो स्थानीय तहको निर्बाचनमा तपाई दोस्रो कार्यकालको निम्ति निर्बाचित हुनुभएको छ । जनताको अमुल्य मतबाट २०७४ सालको पहिलो स्थानीय निर्बाचना बाट तपाईं वडा अध्यक्ष निर्बाचित हुनु भएको थियो। त्यो कार्यकाल तपाईको लागि निकै चुनौती पुर्ण थियो। स्थानिय सरकारको नीति नियम , त्यसको संरचना निर्माण देखि थुप्रै नया कामहरु थालनी गर्दा केही समय त्यता तिर बिताउनु परेको थियो। तर पनि ईक्षा चाहाना भए पछि थोरै समयमा पनि धेरै काम गर्न सकिदो रैंछ , भन्ने एउटा उदारण तपाईंको बिगतको कार्यकालले दिनु भएकोछ । त्यही तपाईले गर्नुभएको कामप्रती जनताले देखाएको माया नै तपाईं दोस्रो कार्यकालको लागि निर्बाचन हुनु हो ।

तपाईं प्रती जनताको जुन विश्वास भरोसा र आसा छ। तपाईंको कर्मले यो सधै निरन्तर बढोस्। पहिलो कार्यकालमा जग बसाल्न्नु भएको छ। यो कार्यकाल घर निर्माण गर्ने जिम्मेवारी तपाईंको काधमा आएकोछ । पहिलो कार्यकाल भन्दा यो कार्यकाल तपाईंको लागि सहज र सुखद हुने छ । जनताले आसा अपेक्षा गरे भन्दा पनि बढी बिकासको क्षेत्रमा अग्रता देखाउनु हुने छ ।

हाम्रा समाजमा देखिएका गरिबी , शिक्षा , स्वास्थ्य , बेरोजगारीलाई पहिलो प्राथमिकतामा राख्दै समाजमा योग्यता क्षमताको आधारमा स्वच्छ प्रतिस्पर्धा बाट सबै खाले बिकासमा निष्पक्ष र पार्दसिकता बनाउने कुरामा यहाको जिम्मेवारी र भुमिका निकै महत्वपूर्ण रहोस्। अधुरा स्थानीय सरकारको अधिकार क्षेत्र भित्र रहने बिकासका कामहरुलाई पुर्ण सफता पुर्बक यहाकै कार्यकालमा सम्पन्न गर्नु हुने छ। जनताको आसा तपाईं प्रती यहि नै छ ।

तपाईंको नेतृत्वमा समृद्धि गुमि , सम्मानित गुमिबासी बन्ने विश्वास र आसामा आम जनताले आफ्नो अमुल्य मत त्यही समाज निर्माणको लागि तपाईलाई प्रदान गरेका छन्। जनताको यो मतलाई शिरमा राखेर सधै गुमि र गुमिबासिको लागि पुस्तौ पुस्ता सम्मा तपाईं लाई सम्झिने गरि काम गर्नु होला शुभकामना छ ।

समाज र जनताको हक हितमा हुने सबैखाले सकारात्मक कामहरुलाई एउटा नागरिक र त्यहाको बासिको नाताले समर्थन सहयोग सलाह सुझाब सधै रहने छ । यो प्रतिबद्धता ब्यक्त गर्दछु । जनता समाजका बिपक्षमा कुनै त्यस्ता समाज र जनताको बिचार र भवाना बिपरित काम भए एउटा नगरिको हैसियत बाट आफ्नो अधिकारलाई पुर्ण प्रयोग गर्दै खुलेर बिरोध पनि गर्ने छु । जनता सधै जनार्दन हुन राजनीति समाज सेवा हो नेता जनताको सेवक हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …