तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

७४ वर्षपछि भैरहवामा सुरु भयो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल 

काठमाडौँ ।नेपालमा दोस्रो हवाई रुटमा उडान गर्ने कुवेतको जजिरा एयरवेज पहिलो विदेशी वायुसेवा भएको छ ।

भैरहवा विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटीसी)का अनुसार नेपालमा हवाई यातायात सुरु भएको ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार कुबेतबाट आएको जजिराको जे ९५४५ उडान नम्बरको विमान अन्तर्राष्ट्रियतर्फ व्यवसायिक उडान गर्ने पहिलो वायुसेवा भएको छ ।

जजिराको एयरबस ए ३२० विमान बिहान ७ बजेर ९ मिनेटमा भैरहवामा अवतरण भएको थियो । कुवेतबाट इरान, पाकिस्तान, भारतको नयादिल्ली, लखनउमाथिको हवाई रुट हुँदै आएको जजिराको जहाज लखनउबाट सोझै भैरहवा प्रवेश गर्ने रुट नभएकाले सिमरा पुगेर चितवन हुँदै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

१ सय ६० सिट क्षमताको एयरबस फर्किँदा १ सय ३३ जना नेपाली लिई भैरहवाबाट कुवेत जाने छ । ४ घन्टा २२ मिनेटको समय लगाएर भैरहवा आइपुगेको जजिराको विमान फर्किँदा सिमरातर्फ नगई भैरहवाबाट सोझै लखनउ निस्किने छ । भैरहवाबाट लखनउ हुँदै निस्किने ब्राभो ३४५ नामको एकतर्फी हवाई रुटबाट निस्किँदा उसलाई आउँदा लागेको समय भन्दा केही मिनेट कम सयम लाग्ने छ ।

२५६६ औं बुद्धजयन्तीको साइत पारेर सरकारले सोमबार प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा भैरहवा विमानस्थलको उद्घाटन गराएको छ ।

उद्घाटनअघि विदेशबाट जजिरा र काठमाडौंबाट नेपाल वायुसेवा निगमको ए ३२० एयरबस ९० जना यात्रु लिई भैरहवा पुगेको थियो । निगमको विमान काठमाडौंबाट ६ बजेर २७ मिनेटमा उडेको निगमको एयरबस भैरहवामा ६ बजेर ५५ मिनेटमा अवतरण भएको थियो ।

भैरहवा विमानस्थलले पहिलोपटक अवतरण गर्ने वायुसेवा कम्पनीको जहाजलाई दुईतर्फबाट पानीको फोहोरा फालेर स्वागत गर्ने प्रचलन अनुसार, सोमबार जजिराको जहाजलाई पानी फोहोरा (वाटर क्यान स्यालुट) ले स्वागत गरिएको थियो ।

यसअघि जेठ १४ गते निगमको वाइडबडी विमानले पहिलो डेमोस्ट्रेशन उडान गर्दा वाटर क्यान स्यालुट पाएको थियो ।

भैरहवामा पहिलोपटक २०१५ असार २० गते उडान सेवा संचालन भएको थियो । ६४ वर्षपछि सरकारले करिब साढे ७ अर्ब रुपैयाँ खर्च गरेर भैरहवालाई अन्तर्राष्ट्रिय विमानस्थल बनाएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, जग्गाको मुअब्जामा १० अर्ब र नागरिक उड्डयन प्राधिकरणको बेग्लै ७ अर्ब समेतलाई जोड्दा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा २७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।कान्तिपुर दैनिकले खबर छापेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …