तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस खोटाङको छैटौं कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

सदरमुकाम दिक्तेल स्थित कांग्रेसको पार्टी कार्यालय बिपि स्मृती भवनमा बुधवार बसेको जिल्ला कार्य समिति बैठकले जिल्ला कार्य समितिको कोषाध्यक्षमा नवराज राईलाई मनोनीत गरेको छ ।

निर्वाचित जिल्ला सदस्यलाई सभापतिले सिफारिस गर्ने र जिल्ला कार्यसमितिले मनोनीत गर्ने कांग्रेसको बिधान अनुसार छैटौँ बैठकले राईलाई कोषाध्यक्षमा मनोनीत गरेको हो ।

बैठकले वडागत संगठन बिस्तार सुदृढीकरण र अनुगमन समितिले पेस गरेको प्रतिबेदन अध्यान गर्नका लागि उप–सभापति तिर्थराज भट्टराईको संयोजकत्वमा अध्यान समिति समेत गठन गरेको कांग्रेस जिल्ला सभापति बिष्णुकुमार राईले जानकारी दिनुभयो ।

बैठकले चैत ३० गते भित्र प्रतिबेदनको अध्यान गरी प्रतिवेदन पार्टीको जिल्ला कार्यालयमा बुझाउनु पर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश क्षेत्रीय समितिले वडा र पालिकाका संभावित उम्मेद्वारहरुको नामवाली चैत २५ गतेसम्म जिल्ला कार्य समिति समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै कांग्रेस निकट नेपाल सांकृतिक संघको पालिका, क्षेत्र र जिल्ला तदर्थ समिति बैशाख पहिलो सातासम्ममा गठन गर्ने र हाल सरकारमा रहेका गठबन्धन दललाई कसरी अगाडि लैजान सकिन्छ भन्ने बिषयमा छलफल गर्ने निर्णय गरेको सभापति राईले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …