तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा बुधबार सदस्यहरु मनोनयन गर्नुभएको हो ।

समितिको सदस्यहरुमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहनुभएको छ ।

यसैगरी समितिको सदस्यमा केन्द्रीय सदस्यहरु डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बालकृष्ण खाँण, पद्मनारायण चौधरी, एनपी साउँद, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, डा डिला सङ्ग्रौला, लक्ष्मी परियार, योगेन्द्र चौधरी मनोनित हुनुभएको छ ।

सभापति देउवाले केन्द्रीय सदस्यहरु महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, मधु आचार्य, मदनबहादुर अमात्य, उमेशजङ्ग रायमाझी, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रङ्गमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला, सीताकुमारी राना र जीवन रानालाई समिति सदस्यमा मनोनित गर्नुभएको छ । समितिको बैठक भोलि चैत १७ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …