तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट “प्राविधिक विफलता“ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ । 

मन्डालयनजिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले “आज बिहान १०ः४३ बजेसम्पर्क विच्छेद  गरेपछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ । पाइलटको खोजी र उद्धारकार्य भइरहेको जनाइएको छ । जारी विज्ञप्तिका अनुसार पाइलटले गैर–लडाई प्रशिक्षण मिसन उडान गरिरहेको थियो ।

गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै दाताहरूलाई लिएर म्यानमारको सैन्य विमान देशको मध्य क्षेत्रमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । 

सन् २०१७ मा एक सैन्य विमान अण्डमान सागरमा भएको दुर्घटना देशको इतिहासमा सबैभन्दा घातक उड्डयन दुर्घटनाहरू मध्ये एक रहेको थियो । यस विमानमा रहेका सबै १२२ व्यक्तिको मृत्यु भएको थियो ।  यस दुर्घटनाको कारण अधिकारीहरूले खराब मौसमलाई दिएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …