तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन् । 

प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधबार मात्र यहाँ २४ घन्टामा कोभिडबाट २ हजार भन्दा बढीको ज्यान गएको छ ।

बुधबारको पछिल्लो तथ्यांकअनुसार यहाँ एकै दिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोभिडबाट हुने संक्रमितको संख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता यो संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ ।

यहाँ दैनिक ६ लाखभन्दा बढी नै संक्रमित पाइने गरेका छन् । अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने संक्रमण दर पनि धेरै रहेको पाइएको छ ।

यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …