तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने  चाँहि आफूलाई लागेको बताउँनुभएको छ ।बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ।

उहाँले भन्नुभयो “होइन, मलाई लाग्दैन कि कोभिड यहाँ यहाँ रहिरहन्छ  किनकि जसरी हामी यसको सामना गर्दैछौं त्यसबाट यो यहाँ रहने छैन । हामीसँग हामीले विकास गरेका धेरै उपकरणहरू छन् र हामी विकास गर्न जारी राख्छौं जसमा कोभिड र कोभिडका अन्य प्रकारहरू विपत्ति सामना गर्ने सामर्थ्य रहोस् ।

बाइडेनको उक्त टिप्पणी संयुक्त राज्य अमेरिका र विश्वभरि अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टका कारण कोरोनाभाइरसको गम्भीर बृद्धिको बीचमा आएको हो।

अमेरिकी सरकारले शुक्रबार ओभर-द-काउन्टर  कोभिड-१९ परीक्षण किटहरू वितरणको लागि ५० मिलियन अमेरिकी डलर भन्दा बढीको ठेक्का प्रदान गरेको छ।

रक्षा विभागको विज्ञप्ति अनुसार ओमिक्रोन भेरियन्टको प्रतिक्रियामा अमेरिकी जनतालाई ५०० मिलियन घर-घरमा कोभिड-१९ परीक्षणहरू कुनै पनि लागतमा उपलब्ध गराउने बाइडेनको योजनाको एक  भागको रूपमा यो सम्झौता जारी गरिएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …