तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कन्चनपुर । जिब्रोको क्यान्सरबा पीडित  शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ । खर्च अभावका कारण मुम्बइस्थित अधेरी अस्पतालमा थापाको उपचार प्रभावित भएको छ । 

थापाको जिब्रोको शल्यक्रिया गरिएको छ । थप उपचारका लागि रकम अभाव भएको थापाका साथी अमरबहादुर साउदले भन्नुभयो, “अस्पतालले उपचार रकम माग गर्न थालेको छ, परिवारजनले उपचार खर्च जुटाउन सकेका छैनन् ।” थापासँग जग्गाको नाममा चार धुर मात्र छ । भारतमा लामो समयदेखि चौकीदारी गर्दै आएका उहाँको पाँच जनाको परिवार छ ।

“आफँै बिरामी परेपछि परिवारको समेत बिचल्ली भएको छ”, साउदले भन्नुभयो । जिब्रोको शल्यक्रिया गरेको शुल्क अस्पताललाई तिर्न बाँकी छ । पैसा दिन नसक्दा हाल उहाँको उपचार बन्द छ । थापालाई अस्पतालबाट घर ल्याउनसमेत दिइएको छैन । बेलडाँडीका युवाले केही सहयोग रकम जम्मा गरेका छन् । सो रकम न्यून भएको स्थानीय भरतबहादुर साउदले बताउनुभयो । “त्यो रकमले मुम्बई पुग्नै सकिँदैन । अन्य कुनै निकायले सहयोग गरे मुम्बईसम्म पुग्न सकिन्थ्यो”, उहाँले भन्नुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …