तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ । नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपक भण्डारीले चालु आर्थिक वर्षमा नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि भनेर रु दुई लाख विनियोजन गरेको जानकारी दिनुभयो । “मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता दिने निर्णय भएअनुसार नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो”, भण्डारीले भन्नुभयो, “मिर्गौला प्रत्यारोपण गर्नुभएका नगरवासीको लगत सङ्कलनको काम भइरहेको छ, सबैको तथ्याङ्क आएपछि माघको अन्तिमदेखि आर्थिक सहायता वितरण सुरु गर्छौँ ।”

हालसम्म मिर्गौला प्रत्यारोपण गरेका तीन बिरामीमात्रै सम्पर्कमा आएका उल्लेख गर्दै जनस्वास्थ्य अधिकृत भण्डारीले उनीहरुलाई औषधि खाने खर्चस्वरुप आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताउनुभयो । मिर्गौला प्रत्यारोपण गरेका बिरामीले मासिक सेवन गर्ने औषधि र जम्मा पीडितलाई पुग्ने पैसाको अनुपातमा जुन रकम कम हुन्छ सोही रकम आर्थिक सहायतास्वरुप प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि सहायता उपलब्ध गराउने विषयमा कार्यविधि निर्माण भइरहेको जनाउँदै भण्डारीले बिरामीको सङ्ख्या यकिन भएपछि कार्यविधि निर्माण गरेर आर्थिक सहायता उपलब्ध गराइने बताउनुभयो । यस वर्ष रकम कमी भएमा आगामी वर्षदेखि रकम बढाउँदै मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता गरिने उहाँले जानकारी दिनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …