तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी विजयी भएका छन। बुधबार भएको निर्वाचन प्रक्रियाबाट जोशी सभापतिमा विजयी भएका हुन्।

सभापतिका लागि वर्तमान सभापति कुमार सिं बस्नेत र जोशीवीच निर्वाचन भएको थियो। वर्तमान सभापति बस्नेतलाई १२ मतले पछि पार्दै जोशी सभापतिमा विजयी भएका हुन्। जोशीले ५१ मत पाउँदा बस्नेतले ४० मत पाएका थिए। जम्मा ९२ मत खसेको थियो। १ मत बदर भएको थियो।

यस्तै, उपसभापति भीम सैजु, महिला उपसभापतिमा रत्नमाया बुढाथोकी, मन्त्रीमा छत्र बजिमय कोषाध्यक्षमा लिला बहादुर खत्री, उप मन्त्रीमा पर्शु विक र उप कोषाध्यक्षमा अशोक आचार्य विजयी भएका छन्।

सबै महिला पदाधिकारी, उपसभापति, मन्त्री, कोषाध्यक्ष र उप कोषाध्यक्ष भने सर्वसहमत चयन भएको हो । पुरुष सदस्यहरु यम बहादुर निरौला, कृष्णप्रसाद आचार्य, ज्ञान प्रसाद आचार्य, शिबकुमार बस्नेत, ईश्वर बस्नेत, छत्र बशादुर केसी, अर्जुनकुमार राउत विजयी भएका छन्। महिला सदस्यमा उर्मिला दाहाल, कमलादेबी खतिवडा र कमला रिजाल चयन भएका छन्।

रेडक्रसका पदाधिकारीहरुको म्याद सकिएको र केन्द्रले म्याद नथपेपछि पुस ७ गतेभित्रमा नयाँ पदाधिकारी चयन गर्न भनेपछि निर्वाचन भएको हो। १२७ जना मतदाता भए पनि ९२ जनाले मात्रै मतदान गरेका थिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …