तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पर्सा । रासायनिक मलको अभाव भएपछि सबै स्थानीय तहमा समानुपातिकरूपमा वितरण गर्ने तयारी गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, वीरगञ्ज र कृषि ज्ञान केन्द्र, पर्साको सहजीकरणमा खेतीयोग्य जमिनका आधारमा मापदण्ड निर्धारण गरिएको हो ।

स्थानीय तहले सिफारिस गरेपछि तोकिएको मापदण्डबमोजिम मल वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिनुभयो । पर्साका १४ स्थानीय तहलाई मापदण्डअनुसार रासायनिक मल वितरण गर्ने तयारी छ । कृषि ज्ञान केन्द्रले मल वितरणको तयारी गरेको छ ।  

वीरगञ्ज महानगरपालिकालाई तत्कालका लागि तीन हजार ४३६ बोरा युरिया मल, पर्सागढी नगरपालिकालाई एक हजार ६६४ बोरा, पोखरिया नगरपालिकालाई एक हजार ३४४ बोरा र बहुदरमाई नगरपालिकालाई एक हजार ६२० बोरा उपलब्ध गराइने कृषि ज्ञान केन्द्रले जनाएको छ । यस्तै जगरनाथपुर गाउँपालिकालाई एक हजार ६६४ बोरा, जिराभवानीलाई एक हजार ४२८, पटेर्वा सुगौलीलाई एक हजार, सखुवा प्रसौनीलाई एक हजार ७१४, धोबिनीलाई एक हजार ४००, छिपहरमाईलाई  एक हजार ८८, पकाह मैनपुरलाई ८२० र कालिकामाई गाउँपालिकालाई  ७७२ बोरा मल उपलब्ध गराइने भएको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले जानकारी दिनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …