तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बैतडी ।जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । 

अन्य कामको सिलसिलामा स्थानीय तहमा कर्मचारी खटिएका बेला नागरिकताका लागि आवश्यक कागजात सङ्कलन गरेर जिल्ला प्रशासनमा ल्याउने र त्यसपछि नागरिकता बनाएर उनीहरुकै घरमै पठाउने गरिएको हो । उहाँले भन्नुभयो, “नागरिकता लिनका लागि जिल्ला सदरमुकाम पुग्न नसक्ने नागरिकको विवरण सङ्कलन गर्ने गरेका हौँ, नागरिकता बनाएर घरमै पठाइदिन्छौँ ।”

जिल्ला प्रशासन कार्यालयका अनुसार सिगास गाउँपालिकामा सात जना अपाङ्गता भएका नागरिक, अशक्त र ज्येष्ठ नागरिकको नागरिकता बनाएर पठाइसकिएको छ ।  

यस्तै पञ्चेश्वर गाउँपालिकाका ३५, शिवनाथ गाउँपालिका छ र मेलौली नगरपालिकामा सात जनाको विवरण ल्याइसकेको र अब उनीहरुको नागरिकता बनाएर पठाइने जनाइएको छ । अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकका लागि जिल्लाको डिलाशैनी गाउँपालिकाको धाँमीगाउँमा पुस ११ गते र दोगडाकेदार गाउँपालिकामा पुस १२ गते कर्मचारी खटाइने तयारी भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …