तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षांै लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब बढेको छ ।

सरोकारवाला निकाय तथा सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षदेखि बढाएर १० वर्ष पु¥याउनुपर्ने आवाज उठाएका छन् । सेवाग्राहीबाट लाइसेन्स नवीकरण अवधि बढाउन माग बढेपछि यातायात व्यवस्था विभागले अनौपचारिक रूपमा यस विषयमा छलफलसमेत अघि बढाएको छ ।

विभागले हरेक १०÷१० वर्षमा लाइसेन्स नवीकरण गर्ने विषयमा छलफल गरे पनि निर्णय भने नभएको पाइएको छ । लाइसेन्सको अवधि बढाउन यातायात व्यवस्थासम्बन्धी ऐनलाई संशोधन गर्नुपर्नेहुन्छ । जसका लागि विभागको सिफारिसमा मन्त्रालयबाट ऐनको मस्यौदा मन्त्रिपरिषद् हुँदै संसद्बाट पारित गर्नुपर्नेहुन्छ ।

विभागले यातायात व्यवस्था ऐन २०४९ लाई खारेज गरेर वा संशोधन गरेर समयानुकूल परिमार्जन गर्ने तयारी भने गरिरहेको पाइएको छ । पुरानो ऐनलाई संशोधन गर्ने क्रममा लाइसेन्सको अवधि बढाउने विषयमा पनि छलफल भइरहेको पाइएको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पु¥याउनुपर्ने चाहना व्यक्त भए पनि यस विषयमा कुनै निर्णय नभएको बताएका छन् ।

‘विभिन्न कारणले नवीकरण तथा ट्रायल पास गरेका सेवाग्राहीको लाइसेन्स कार्ड समयमा नै वितरण गर्न सकिएको छैन । त्यहीँ भएर नवीकरणको अवधि बढाउनुपर्छ भन्ने चाहनाहरू व्यक्त भएका होलान् तर यस विषयमा निर्णय भएको छैन,’ उनले राजधानीसँग भने ।

विभागका अनुसार हालसम्म ५ लाख बढी स्मार्ट लाइसेन्स छपाइ गर्न बाँकी रहेको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिनेको संख्या झन्डै १५ लाख पुगिसकेको छ ।

यता, पछिल्लोपटक लाइसेन्स नवीकरण शुल्क वृद्धि गर्ने, प्रदूषण जाँचको अवधि बढाउने तथा ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढेको भन्दै जरिमाना शुल्क पनि हेरफेर गर्ने विषयमा पनि छलफल भइरहेको स्रोतले बताएको छ ।

नयाँ प्रकृतिको यातायातलाई पनि कानुनी दायरामा ल्याउने विषयमा पनि छलफल भएको जनाइएको छ । नयाँ तरिकाबाट सञ्चालनमा आएको टुटल र पठाओलगायत अन्य यातायात साधनलाई पनि कानुनी दायरामा ल्याउनेगरी ऐनको मस्यौदा निर्माणको काम भइरहेको जनाइएको छ ।

ऐनले प्रदेश मातहतको कार्यालय सञ्चालन, सार्वजनिक, निजी सवारीसाधन व्यवस्थापन, लाइसेन्स नवीकरण, उमेर हद, जरिमाना वृद्धिलगायतलाई परिमार्जन गर्नेगरी काम भइरहेको जनाइएको छ ।

विभागले नयाँ कानुनको ड्राफ्ट तयार गरी मन्त्रालय पठाएपछि मन्त्रालयले थप अध्ययन गरी मन्त्रिपरिषद् पठाउने तयारी छ । मन्त्रिपरिषद्बाट पारित भएपछि अन्तिम रूप दिन संसद् जानेछ । संसद्बाट पास भएपछि ऐन औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …