तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

हुम्ला । शनिबार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । आज दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावत्मा समेत निकै कठिनाइ भएको छ । 

बिहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायातसमेत बन्द रहेको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा नियमित हावाहुरी चल्दा उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । 

हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुननसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन नसकेको हो । यस्तै जिल्लाबाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिर हुम्ला पुग्ने यात्रुसमेत नेपालगञ्जमै रोकिएका हुन् ।

 यस्तै दिनभर चलेको हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ । हावाहुरीले छानो उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको छ । क्याम्पास भवनको छानो उडाएपछि प्रहरी घटनास्थलमा पुगेर क्षतिको मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 

यसैगरी हावाहुरीले छानो उडाएपछि रु सात लाख बराबरको क्षति पुगेको प्रहरीको आकलन छ । क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायको पठनपाठन हुने गरेको छ । कोरोना महामारिपछि भने भौतिक उपस्थितिमा पठनपाठन हुनसकेको छैन । हावाहुरीका कारण सिमकोटमा चिसो अत्याधिक बढेको महसुस गरिएको छ ।रासस                                                                                                

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …