तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बाजुरा। बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आज ५ः३० मा दुर्घटनामा परेको हो । अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा परेको जानकारी दिइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । अटो चालक भने फरार रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …