तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले रु ६९ लाख ५० हजार नगदसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा उक्त रकमसहित खनाललाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेका खनालसँग प्रहरीले रु एक हजार दरका १०० वटा भएको ४९ बण्डल, रु ५०० दरको १०० वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ । पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाएको प्रहरीले जनाएको छ । रासस                                                                                                                                        

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …