तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारत । हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ ।

तर पनि उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन । नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन् ।

दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरियन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । विश्वका अरु पनि कैयौँ देशले यो भाइरसबाट बच्नका लागि अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ ।

भारतको नयाँ दिल्लीमा र अरु पनि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइएको छ । यहाँ अफ्रिकाबाट आउने उडान रोकिएको छ । त्यस्तै यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …