तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी ।अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको छ । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।  

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको हो । 

सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन । 

बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताउने गर्नु भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …