तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी आउने क्रम बढ्दै गएको छ ।

गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी दिएका छन् ।

तीन वर्ष अघिदेखि रकम फिर्ता नपाएको भन्दै सिभिल ग्रुपको ठगीका विषयमा जाहेरी पर्न थालेपछि सीआईबीले सो संस्थाका सञ्चालकसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । हाल १२ जना पूर्वकर्मचारी र हाल कार्यरत कर्मचारी सीआईबीको अनुसन्धानको दायरामा छन् ।

सीआईबीले सिभिल ग्रुपका सञ्चालक तथा नेकपा एमालेका पूर्वसांसद इच्छाराम तामाङसहित १२ जनालाई थुनामा राखेरै अनुसनधान गरिरहेको छ । सीआईबीले उनीहरूविरुद्ध हालसम्म ५ अर्ब ५३ करोड २६ लाख ६९ हजार ४ सय ४२ रुपैयाँबराबरको ठगीका जाहेरी परेको जनाएको छ ।

सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले सोमबारसम्म १४ सय ४१ जनाले सीआईबीमा सिभिल ग्रुपविरुद्ध ठगी तथा रकम अनियमितताको जाहेरी दिएको जानकारी दिए ।

‘अहिलेसम्म १४ सय ४१ जनाबाट सिभिल ग्रुपविरुद्ध ठगीको जाहेरी आएको छ, हालसम्म ५ अर्ब ५३ करोड २६ लाख ६९ हजार ४ सय ४२ रुपैयाँ ठगी भएको जाहेरी परेको छ, थप अनुसन्धान जारी छ,’ सीआईबीका प्रमुख डीआईजी सिंहले राजधानीसँग भने ।

तामाङ सञ्चालक रहेको सिभिल ग्रुपले विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उजुरी परेपछि सीआईबीले मुख्य सञ्चालक तामाङसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै आइरहेको छ ।

पक्राउ पर्नेहरूमा तत्कालीन सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका सञ्चालक र कर्मचारीसमेत छन् । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका तत्कालीन अध्यक्ष तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवानबहादुर सिंह छन् ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट सांगठित अपराधमा ६० दिनको म्याद थप गराएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । सीआईबीले ठगीमा अन्य व्यक्तिहरूसमेत तानिन सक्ने र त्यस तर्फसमेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सिभिल ग्रुपबाट ठगिनेमा व्यापारी, नेपाल प्रहरीका पूर्वकर्मचारी, नेपाल सरकारका पूर्वसचिव, यूएनमा कार्यरत कर्मचारी, गृहिणी, विदेशमा बसोवास गर्नेहरूको परिवारलगायत छन् । यस्तै, केही आईएनजीओको रकम पनि ठगी भएको गुनासो आएको सीआईबीका प्रमुख सिंहले जानकारी दिएका हुन् ।

उनका अनुसार एकै परिवारको १ लाखदेखि ४ करोडसम्म पनि ठगी भएको पाइएको छ । केही व्यक्तिको परिवारका तीन जनासम्म पनि ठगीमा परेका छन् । राजधानी दैनिकमा  खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …