तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सुदूरपश्चिम। कैलालीमा पसलेको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिकाक–३ का १८ वर्षीय जीवन ठकुरी शाही रहेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका घर भई मोहन्याल गाउँपालिका–सिम्ली खोलामा पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय पदम आचार्यको शाहीले रड प्रहार गरी हत्या गरेको आरोप छ । मोहन्याल गाउँपालिका–४ स्थित महरा निर्माण सेवाको टिप्परमा सहजकर्ताको काम गर्दै आएका शाहीले मृतक आचार्यको पसलमा खाना खाने गरेका थिए । तिहारका बेला उनी उक्त निर्माण सेवाको रेखदेखमा खटिएका थिए । आइतवार राति शाही र आचार्यबीच पसलमा झगडा भएको प्रहरीले जनाएको छ । आचार्यको घटनास्थलमै मृत्यु भएको थियो ।

घट्नापछि फरार भएका शाहीलाई बाँके प्रहरीको सहयोगमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको टोलीले नेपालगञ्जबाट पक्राउ गरेको हो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …