तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । यूरोपेली मुलुक छिर्न अनेकन उपाय अपनाउने गरिएको तपाई हामीले त सुनेकै छौं । र ज्यान जोखिममा पारेर पानी जहाजबाट जाँदा कयौंको मृत्युसमेत भएको खबर सुन्न पाइन्छ ।

तर यूरोपेली मुलुक छिर्न पछिल्लो पटक भने अनौठो उपाय अपनाइएको छ ।अफ्रिकी मुलुक मोरक्कोबाट टर्कीका लागि एयर अरेबिया मारोकको हवाइजहाज उडेको थियो । तर उक्त जहाजले शुक्रवार साँझ स्पेनिस टापु मालोर्काको विमानस्थलमा आकस्मिक अवतरणका लागि अनुमति माग्यो।

जहाजभित्र यात्रुलाई गम्भीर स्वास्थ्य समस्या आएको उल्लेख गर्दै पाइलटले अवतरणका लागि अनुरोध गरेपछि मालोर्का विमानस्थलका अधिकारीहरूले अवतरणको अनुमति दिएका थिए।

जहाज अवतरण भएपछि बिरामी भनिएका यात्रुलाई एम्बुलेन्समा राखेर अस्पताल पनि लगियो तर डाक्टरहरूले ती व्यक्तिमा स्वास्थ्य समस्या नभएको भन्दै लगत्तै डिस्चार्ज गरिदिए।

त्यतिञ्जेलसम्म जहाजमा रहेका रहेका अन्य यात्रु भने हंगामा गर्दै जहाजबाट बाहिर निस्किएर विमानस्थलको पर्खाल नाघेर भागिसकेका थिए। बिरामी भनिएका यात्रुसँगै अस्पताल गएका उनका साथी पनि अस्पतालबाट भागेको स्पेनका अधिकारीहरूले बताएका छन्।

बिरामी भएको भनिएका यात्रुलाई जहाजमा ल्याउँदा अरू भागिसकेको थाहा पाएपछि विमानस्थलका अधिकारी, सुरक्षा अधिकारी र चालक दलका कर्मचारी भने आश्चर्य चकित भएका थिए। विमानस्थल पनि चार घण्टा बन्द गरियो, दर्जनौं फ्लाइटहरु डाइभर्ट भए ।

जहाजमा भएका यात्रु भागेपछि ती यात्रुलाई प्रहरीले बाध्य भएर हिरासतमा लिएको थियो। यात्रु नआएपछि जहाजका केहि यात्रुलाई लिएर उक्त जहाज इस्तानबुलका लागि उडेको थियो।

भागेका २४ जनामध्ये शनिवारसम्ममा १२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने बाँकी १२ जनाको खोजी गरिरहेको छ। स्पेनमा पुग्नका लागि उनीहरू सबैले मिलेर बिरामी हुने या अन्य कुनै योजना बनाएका थिए कि थिएनन् भन्ने बारे अझै प्रष्ट भने भइसकेको छैन।

जहाजलाई आपतकालिन ल्यान्डिङ गराएर यूरोपेली मुलुक छिर्ने यो नौलो तरिका हो या अन्य के हो भन्ने बारेमा स्पेनका अधिकारीहरुले छानविन शुरु गरेको भन्दै बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …