तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सर्लाही!सुकेपोखरीस्थित चुतुर्भुजेश्वर जनता उच्च माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापकसहित दुईजनालाई अभिनन्दन गरिएको छ ।

त्यस भेगमा विद्यालय शिक्षाको विकास र विस्तारमा विशिष्ट एवं अतुलनीय योगदान पु¥याएबापत विद्यालयको स्वर्ण महोत्सवका अवसरमा पूर्वप्रधानाध्यापकद्वय महेन्द्रप्रसाद र कृष्णप्रसाद भट्टराईलाई अभिनन्दन गरिएको हो । विसं २०२७ पुस ९ बाट माध्यमिक तहको पढाइ सुरुआत भएको उक्त विद्यालय सर्लाही जिल्लाको उत्तरी भेगको पहिलो मावि हो । त्यस बेला सो जिल्लाका अतिरिक्त सिन्धुली, रौतहट, बारा र महोत्तरीबाट समेत उक्त विद्यालयमा नियमित पठनपाठनका लागि विद्यार्थी आउने गर्थे ।

पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यले उद्घाटन गर्नुभएको उक्त विद्यालय यो वर्ष स्वर्ण महोत्सव मनाइरहेको छ । उक्त विद्यालयबाट विसं २०३२ मा एसएलसी परीक्षा दिने विद्यार्थी समूहले पूर्वप्रधानाध्यापकको अभिनन्दनका अतिरिक्त त्यस बेलाको शिक्षाको अवस्था, शिक्षकप्रतिको सम्मान र नागरिक समाजका जनहितकारी कार्यको इतिवृत्त समेटेर स्मारिक प्रकाशन गर्न लागेको पूर्वविद्यार्थी एवं साहित्यकार दिनेश अधिकारीले जानकारी दिनुभयो । उक्त विद्यालयबाट उत्पादित जनशक्ति अहिले मुलुकका विभिन्न विधामा ख्याति कमाएका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …