तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दोहा । कास्की आदर्श समाज कतारले  हरेक  बर्ष जस्तै यस बर्ष पनि बिजया दशमी २०७८ को  अबसरमा सस्थाका अग्रज मान्यजनबाट दसैँको टिका ग्रहण साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार दोहा कतारको ओकरा स्थित समुन्द्रीकिनारमा सस्थाका अध्यक्ष हेमबहादुर बिक बिक्कीको अध्यक्षतामा दसैँको टिका ग्रहण साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम सस्थाका वरिष्ठ उपाध्यक्ष अग्नीधर देबकोटाको  संयोजनमा गरिएको कार्यक्रममा  सस्थाका सल्लाहकार अग्रज व्यक्ति रेसम बस्नेतले उपस्थित सम्पूर्ण कस्केली तथा गैर कस्केली हरुलाई  टिका तथा  जमरा लगाई आशिर्वाद  दिनुभएको थियो ।

कार्यक्रममा सस्थाका संरक्षक बिमल सुबेदी,प्रमुख सल्लाहकार मन प्रसाद रानामगर सल्लाहकार रेसम बस्नेत ,नबिन पौडेल ,कृष्ण बहादुर कार्की  कार्य समितिका पदाधकारी तथा सदस्यहरु सस्थाका आजिबन तथा साधारण  सदस्यहरु लगायत कस्केली तथा गैर कस्केलीहरुको बाक्लो उपस्थित रहेको थियो ।

कास्की आदर्श समाजका संरक्षक धुर्ब राज अधिकारीको निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम उहाको निवास पुगेर सस्थाका पदाधिकारी तथा सदस्यहरुले  टीका जमराका साथ आशिर्वाद ग्रहण गरि सुरुवात गरिएको थियो ।

त्यस्तै कास्की आदर्श समाज  बहराइनका सल्लाहकार तथा सस्थाका आजिबन सदस्य डिल्ली राम  सापकोटाले कार्यकम  स्थानमा पुग्नु अधि टीका र आशीर्वाद दिदै कार्यक्रमको  सफलता र  शुभकामना  ब्यक्त  गर्नु भएको थियो ।

सस्थाका सल्लाहकार खुशीमान गुरुङले  कार्यक्रममा  उपस्थिति जनाउन नस्केको भन्दै कार्यक्रम सफलताको शुभकामना टेलिफोन मार्फत ब्यक्त  गर्नु भएको  थियो ।

 त्यस्तै समाजसेबि काड्स अगर्नाइजेसन अध्यक्ष  मोहोन कार्की  समाज सेबि  तथा  नेपाली समाज कतारका उपाध्यक्ष  राजाराम साही समेतले कार्यक्रममा उपस्थिति जनाउनु भएको  थियो ।

 कार्यक्रममा सस्थाका प्रमुख सल्लाहकार मन प्रसाद रानामगरले उपस्थित सम्पूर्णलाई सस्थाको तर्फबाट शुभकामना ब्यक्त गर्नु साथै  हरेक क्षेत्रवाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद र विशेष गरि दशैं विशेष कार्यक्रमको लागि दिलोज्यान दिएर खट्नुहुने सम्पूर्णलाई हार्दिक नमन व्यक्त गदै उहाहरुको मेहनतले वास्तवमै दशैं, दशैंको रुपमा सम्पन्न भएको  आफुलाई  महसुस लागेको भन्दै  सबैलाइ हार्दिक धन्यवाद साथै शुभकामना दिदै आगामी दिन हरुमा पनि  हाम्रो धर्म सस्कृति  रितिरिवाज चाडपर्वलाई  प्रदेसमा पनि निरन्तर राख्न कार्यसमितिका सम्पुर्ण सदस्यहरुमा अनुरोध गर्नु भएको थियो ।

कार्यक्रम टिका ग्रहण पश्यात प्रसाद ग्रहण गरे लगतै कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्षले उपस्थित सम्पूर्ण लाई शुभकामना दिदै कार्यक्रम सफल बनाउन अहोरात्र खट्नुहुने कार्यक्रमका संयोजक सस्थाका वरिष्ठ उपाध्यक्ष  अग्निधर देवकोटा सस्थाका सल्लाहकार नबिन पौडेल ज्युले खसी काट्ने देखी बनाउने सम्पूर्ण ब्यबस्थापन उहाकै निबासमा उपलब्ध गराई  खान पिनको ब्यबस्थापन लगायतमा सन्तोष तिमिल्सिना ,केसर कार्की  देव बिक,डिल्लीराम सापकोटा सी बि गुरुङ मन प्रसाद राना मगर  रेसम बस्नेत र कार्यक्रममा दसैँको टिका जमरा र सेल रोटिको प्रबन्ध गर्नुभएकोमा गोबिन्द बराल लगायत उहाको परिवार साथै सम्पूर्ण  सहयोग गर्नुहुने ब्यक्तितोहरुलाई  हार्दिक धन्यबाद सहित नमन गर्दै कार्यक्रमको समापन गर्नु भयको थियो ।

कार्यक्रमको सहजीकरण सस्थाका सह-सचिब सन्तोष तिमिल्सिनाले गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …