तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ ।

स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही अन्तर्गत नागरिकहरुमाझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार कार्य भइरहेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । 

विश्व समुदायले आधुनिक प्रविधिहरुको उच्चतम प्रयोगबाटै नयाँ नयाँ आविष्कारहरु गर्दै अगाडि बढिरहेका छन्”, प्रमुख खाँणले भन्नुभयो, “स्मार्ट सिटी निर्माणका लागि पनि नयाँ नयाँ प्रविधिहरुको प्रयोगबाटै सेवा प्रवाह हुनु आवश्यक रहेको छ ।”

नगरपालिकाका १४ वटा वडाहरुमध्ये पहिलो चरणमा नगरपालिका कार्यालय, वडा कार्यालय र नगरका १७ वटा स्वास्थ्य संस्थाहरुमा फाईबर ईन्टरनेट विस्तार गरिसकेको प्रमुख खाँणले बताउनुभयो ।

दोस्रो चरणमा नगरका सम्पूर्ण विद्यालयहरु, सरकारी संघ संस्था तथा कार्यालयहरु र तेस्रो चरणमा १४ वटै वडाका ३१० वटा गाउँ गाउँमा इन्टरनेटको सहज पहुँच पु¥याउने गरी काम भइरहेको छ ।

वडा कार्यालयहरु, सरकारी कार्यालयहरु, स्वास्थ्य संघ संस्थाहरु, विद्यालयहरुमा फाईबर इन्टरनेट जडान गरेर प्रविधिमैत्री सेवा उपलब्ध गराउने कार्य भईरहेको छ”, प्रमुख खाँणले भन्नुभयो, “प्रविधिको प्रयोगमार्फत कार्यालयहरुले सेवा उपलब्ध गराउने र सेवाग्राहीले विभिन्न एप्स तथा डिजिटलमाध्यमबाट सेवा शुल्क भुक्तानी गर्ने सफ्टवयरको विकास गरेका छौं जसले सेवाग्राहीलाई सेवा लिन कार्यालयमा आईरहनुपर्ने झण्झट पनि हुँदैन ।

नगरका १४ वटै वडामा नेपाल टेलिकमको ‘फाईबर लिज लाईन कनेक्टिभिटी’ जडान गरिसकिएको छ भने वल्र्डलिंक कम्पनीको लाइन पनि जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो । “नगरभित्रका १७ वटा मावि तहका सामुदायिक विद्यालय, १७ वटा स्वास्थ्य संस्थाहरु र सरकारी संघ संस्था तथा कार्यालयहरुमा वल्र्डलिंकको फाईबर इन्टरनेट जडान सम्पन्न भईसकेको छ” इञ्जिनियर अर्यालले भन्नुभयो, “अब ५६ वटा सामुदायिक आधारभूत विद्यालयहरुमा इन्टरनेट विस्तारका लागि काम भईरहेकाले तिहार लगत्तै सकिन्छ ।

वल्र्डलिङ्कले सबै कार्यालय तथा विद्यालयहरुमा १० एमबिपिएस क्षमताको इन्टरनेट दुई वर्षसम्म निःशुल्करुपमा उपलब्ध गराउने सम्झौता भएको उहाँले जानकारी दिनुभयो । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको नगरपालिकाले कागजी प्रक्रियाहरुलाई कम गर्दै विस्तारै ‘पेपरलेस’ पद्धतिमार्फत सेवा लिन नागरिकहरुलाई अभिप्रेरित गर्न खोजेको छ ।

डिजिटल पद्धतिमार्फत नागरिकहरुलाई सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई ‘विद्युतीय हाजिरी’ का लागि क्रिप्टो टोकन समेत उपलब्ध गराईसकेको छ । वालिङका नागरिकलाई कार्यालयमा उपस्थित नभएरै पनि सेवा लिन पाउने र डिजिटल माध्यमबाटै भुक्तानी गर्न मिल्ने ब्यवस्था मिलाएको छ । 

नगरपालिकाले प्रदान गर्ने सेवाकाबारेमा नागरिकलाई जानकारी गराउनुकासाथै टोल टोलमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रम अगाडि सारेको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …