तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बागलुङ। रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७७ को ‘शक्ति पुरस्कार’ तनहुँका कवि एवं निबन्धकार अनिल श्रेष्ठलाई प्रदान गरेको छ । आज यहाँ आयोजित समारोहमा श्रेष्ठलाई वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले रु आठ हजार राशिसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको योगदानबापत श्रेष्ठलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताउनुभयो । कवि श्रेष्ठका ‘आरु फुलेको साँझ’, ‘मध्यरातमा मुर्कट्टा’लगायत कविता कृति प्रकाशित छन् । यसअघि सो पुरस्कारबाट पोखराका कवि तीर्थ श्रेष्ठ, भैरहवाका साहित्यकार बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसक्नुभएको छ ।

विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा पुरस्कार संस्थाको स्थापना गर्नुभएको थियो । सो संस्थाले विसं २०७४ देखि साहित्यतर्फ ‘शक्ति पुरस्कार’ प्रदान गर्दै आएको छ । संस्थाले सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्र÷छात्रालाई पनि पुरस्कृत गरेको अध्यक्ष रोशनले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …