तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई आज दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय पौडेलले बोकेको झोलामा रु ३१ लाख रकम शङ्कास्पदरूपमा फेला पारेपछि पक्राउ गरेर सोधपुछ गर्दा थप ५४ लाख ५६ हजारसहित अग्रवाल र खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पौडेललाई सोधपुछ गर्दा होलिडे ट्रेडिङ प्रालिका सञ्चालकसमेत रहेका अग्रवालले दिएको खुलेपछि प्रहरीले अग्रवाल र उनका कामदार खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई समानान्तर बैंकिङ कारोबार (हुण्डी) कारोबार गरेको हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …