तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुपन्देही। लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले कोभिड–१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ । बैठकले कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने र कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेबल अल्ट्रासाउण्ड मेसिनसहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्का र मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरेको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …