तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बझाङ। जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् ।

थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा छ÷छ वटा, सुर्मा, छविसपाथीभेरा, मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा तीन÷तीन वटा, साइपाल र खप्तडछान्ना गाउँपालिकामा पाँच÷पाँच वटा, तलकोट र दुर्गाथली गाउँपालिकामा सात÷सात वटा र वित्थडचिर गाउँपालिकामा आठ वटा गरी ११ वटा स्थानीय तहले जिल्लाभर ५६ वटा बर्थिङ सेन्टर निर्माण गरी सेवा सञ्चालन गरेका हुन् । केदारस्युँ गाउँपालिकामा स्थानीय तह हुनुभन्दा अगावै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताउनुभयो । स्थानीय तहका अनुसार पालिकाका वडालाई लक्षित गरेर बर्थिङ सेन्टर स्थापना भएका हुन् ।

गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या घटेको छ । यसअघि बर्थिङ सेन्टर गाउँमा नभएको र स्वास्थ्यचौकी टाढा हुँदा घरमै सुत्केरी हुने गरेका थिए । गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि सहज भएको छविसपाथिभेराकी सरिता धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्थिङ सेन्टर स्थापना हुनुअघि तीन घण्टा हिँडेर लेकगाउँ स्वास्थ्यचौकी पुग्नुपथ्र्यो । अहिले २० मिनेटमै सामुदायिक स्वास्थ्य एकाइमा पुगिन्छ ।” आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको धामीको भनाइ छ ।

बर्थिङ सेन्टरको अभावमा सुत्केरी व्यथाबाट छट्पटाइरहेका बझाङका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि ९० प्रतिशत महिलाले यो समस्याबाट निदान पाएको वित्थडचिर गाउँपालिकामन प्रवक्ता हर्क धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै गाउँमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका महिलाले नयाँ जीवन पाएका छन् । बर्थिङ सेन्टरमा प्रतिमहिना २५ देखि ३० महिला नियमित चेकजाँच तथा सुत्केरी गराउन आउने गरेका छन् ।”

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …