तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुगेको छ । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ४.२९, विकास बैंक ६५.८५, जलविद्युत् १९४.०७, वित्त ४५.०५, उत्पादन २७.८४ र लगानी ०.३४ बिन्दुले बढेको छ ।

यस्तै, व्यापार ६०, होटल तथा पर्यटन ७.७७, निर्जीवन बीमा ८२.९८, अन्य २१.०१, लघुवित्त १२६.३३, जीवन बीमा २.७५ र सामूहिक लगानी कोष ०.१२ बिन्दुले घटेको छ । अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भएका छन् । जलविद्युत् कम्पनीले संस्थापक शेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरमा चाप परेको छ । सोही आधारमा आज अपि पावर कम्पनी, खानीखोल हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अप पावर ५.३८, लक्ष्मी इक्विटी फण्ड ४.७५, पोखरा फाइनान्स ४.५१, विजय लघुवित्त ४.३५ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले गुमाए ।

कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ५६ करोड ७२ लाख ३३ हजार ८०२, सानिमा माई हाइड्रोपावर रु ५० करोड ३४ लाख ७१ हजार ३०५, अरुण काबेली पावर रु ४१ करोड ५५ लाख ३५ हजार ६९८ र छिमेक लघुवित्त रु ४० करोड ८९ लाख तीन हजार ९८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । आजको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुगेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …