तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस खोटाङले पक्कि पुल निर्माण तथा सडक स्तरोन्नती सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीशेर बहादुर देउवा समक्ष मागपत्र पेस गरेको छ।

बुधबार कांग्रेस खोटाङका नेता तथा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्व पार्टी सचिव महेन्द्र कुमार कट्वाल, नेता रोजन राई, भुवन श्रेष्ठलगायतका नेताहरुले प्रदेश (ख) का समस्याहरु तत्काल हल गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन्।

सुनकोशी नदि स्थित धाप्लाङ्गमा निर्माण भईरहेको पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्न गराउन आवश्यक बजेट व्यवस्था मिलाउन साथै सुनकोशी नदि स्थित वंसिलाघाट पुल निर्माण, सावाखोला स्थित छुलिबेसीमा पक्किपुल निर्माण लगायतका माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष मागपत्र पेस गरेका हुन ।

मागपत्रमा पूर्वी पहाडको विकट जिल्ला खोटाङ्गको दक्षीणी क्षेत्र तुलनात्मक रुपमा तराई – मधेस संग भौगोलिक निकटता भएको स्थान हो । यद्यपि विकासको समूचित दृष्टिकोणबाट राज्यको उपेक्षा भित्रको यो भूगोल सड़क , शिक्षा , स्वास्थ्य , खानेपानी , विद्युत , सिंचाई जस्ता विकासका अत्यावश्यक पूर्वाधारबाट समेत बन्चित रहेको उल्लेख गरेको छ । 

यस क्षेत्रको उन्नयन र यसका माध्यमबाट समग्र जिल्लाको दिगो विकासमा कोशेढुङ्गा सावित हुने सडक पुल तथा सडक आयोजना स्वीकृत तथा बजेट व्यवस्था गरी पाँऊ भनी यो माग पत्र पेश गरेका छौं ।

मागपत्रमा वसिलाघाट -बुवाजर -सिक्किमटार – फेदि – देविस्थान चिसापानी सडक वंसिला -मौवाबोटे -जतेढुङ्गा -चिसापानी थामखर्क सडक रसुवाघाट -सिम्पानी -मुलडाँडाँ – ( भोजपूर ) -पान्धारे सडक धाप्लाङ्ग – सुन्तले -सिन्ताङ –चिसापानी -भञ्ज्याङ्गखर्क सडक रसुवाघाट -बारापोखरी – सिन्ताङ – वुवाजर सडक । च ) वोपुङ्ग –सिक्किमटार -वुवाजर -वंसिला – सडक वोपुङ्ग औचकाउले सडक रेग्मीटार पंचमी छितापोखरी धिप्लुङ्ग सडक निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराइ पाउन माग गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …