तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कतार । कास्की आदर्श समाज कतारको १९ औं स्थापना दिबश सम्पन्न भएको छ ।

शुक्रबार जुलाई ३० तारिकका दिन जुम भर्चुयल मार्फत 

संस्थाका अध्यक्ष बिकी विकको अध्यक्षतामा र संस्थाका संरक्षक तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका महासचिव हंसराज ढकालको प्रमुख अतिथिमा सम्पन्न भएको हो । 

कार्यक्रममा विशेष अतिथिहरु संस्थाका संरक्षक बिल बहादुर गुरुङ, संरक्षक  धुर्बराज अधिकारी  संरक्षक धन बहादुर कार्की, संस्थाका प्रमुख सल्लाहकार  मन प्रसाद रानामगर, गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष राकेश श्रेष्ठ, संस्थाका सल्लाहकारहरु आश बहादुर गुरुङ, रेसम बस्नेत, प्रकाश विश्वकर्मा, खुसीमान गुरुङ, गोर्खा सेवा समाजका अध्यक्ष रामजी खत्री, तनहु सेवा समाजका प्रथम उपाध्यक्ष पदम गिरि, पर्वत समाजका अध्यक्ष श्याम न्यौपाने, स्याङ्गजा समाजका अध्यक्ष अजमत अलि , मोना कतारका अध्यक्ष नरेन्द्र फगामी मगर, शाखा संस्थाका अध्यक्ष, फेवा सास्कृतिक परिवार का संयोजक प्रेमलाल अधिकारी, लगायत कार्यसमितिका पदधाकीहरु र संस्थाका आजीवन मानार्थ  तथा साधारण सदस्यहरु कलाकारहरु खेलाडीहरु कस्केली तथा गैर कस्केली दाजुभाई तथा दिदीबहिनीहरुले कार्यक्रममा सहभागि जनाएका थिए ।

कार्यक्रम राष्ट्रिय गान र सहिदहरु प्रति मौन धारण गरि सुरु गरियको कार्यक्रममा प्रमुख अतिथि र सभापतिले संयुक्त रुपमा ब्यानर अनावरण, दिप प्रजोलन  र केक काटी शुबारम्भ गरिएको थियो । 

संस्थाका वरिष्ठ उपाध्यक्ष अग्नीधर देवकोटाले उपस्थित सम्पूर्ण आतिथिहरुलाई स्वागत गर्दै, संस्थाका संस्थापक देखी हालसम्म विभिन्न समयममा संस्थालाई नेतृत्व गरेर संस्थालाई अगाडी बडाउन महत्तोपूर्ण भूमिका निर्बाह गर्नुहुने सम्पूर्ण अग्रज व्यक्तित्तोहरु संस्थालाई नेतृत्व गर्नुहुने बलराम सापकोटा, बिल बहादुर गुरुङ, धुर्बराज अधिकारी, तिलकसाली सापकोटा, रामप्रसाद गौतम, आस बहादुर  गुरुङ, मन प्रसाद राना मगर , विश्वबन्धु थापा, र अहिले सम्म पनि संस्थामा निरन्तर रुपमा साथ सहयोग समर्थन  गरिरहनु भएको संस्थालाई प्रतक्ष अप्रतक्ष रुपमा सहयोग  पुराउनु हुने सम्पूर्ण संस्थापकहरु लगायत अग्रज ब्यक्तित्तो हरुलाई कार्यसमितिको तर्फ़बाट हार्दिक आभार सहित आफ्नो मन्तव्य राख्नु भयको थियो ।

त्यसै गरि शुभकामना मन्तव्य व्यक्त गर्दै फेवा संस्कृतिक परिवारका संयोजक प्रेम लाल अधिकारी, गोर्खा सेवा समाजका अध्यक्ष रामजी खत्री, तनहु सेवा समाजका प्रथम उपाध्यक्ष पदम गिरि, स्याङ्गजा समाजका अध्यक्ष अजमत अलि, मोना कतारका अध्यक्ष नरेन्द्र फगामी मगर, त्यसैगरी संस्थाका पूर्व सल्लाहकार प्रभात त्रिपाठी, संस्थाका प्रमुख सल्लाहकार मन प्रसाद राना मगर, गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष राकेश श्रेष्ठ, संस्थाका संरक्षक धुर्बराज अधिकारी संरक्षक बिल बहादुर गुरुङले संस्थालाई शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो।

संस्थाका सचिव अमृत विश्वकर्मले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि ढकालले शुभकामना मन्तव्य राख्दै कार्यक्रम हामीहरुले चाहेजस्तो गर्न नसकेको र कोरोनाले गर्दा कतारको निमय अनुसार बाहिर हलमा गर्न वातावरण नभएकोले जुम भर्चुयलमा गर्न बाध्य भएको र आफुले जन्माएको संस्थाले कतारमा भएका १५० भन्दा बडी संस्थामा कास्की आदर्श ५/६ भित्र पर्ने र संस्थालाई अझ मजबुत बनाउदै लानु पर्ने सुजाब दिनुभएको थियो र अन्तमा कार्यक्रमका सभापति संस्थाका  अध्यक्ष बिक्की विकले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै अब आउदा दिनहरुमा संस्थाले गर्नुपर्ने कुराहरुमा गल्ति कमजोरी भएमा सुधार गर्दै जाने प्रतिबद्धता सहित कार्यक्रमको समापन गर्नु भयको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …