तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

म्यानमार। म्यानमारको सैन्य सरकारले कोरोनाभाइरस सङ्क्रमण र यसका कारण हुने मृत्युलाई नियन्त्रणका लागि सरकारले खास पहल नलिएको आरोप मानब अधिकारकर्मी तथा स्थानीयहरूले लगाएका छन् ।

कोरोनाभाइरसका कारण म्यानमारमा मृत्यु दरमा उल्लेख्य बढी आएको भएपनि फेब्रुअरीमा निर्बाचित सरकारलाई नियन्त्रणमा लिएको सैन्य सरकारले महामारीको प्रयोग गरेर शक्ति सुदृढीकरण गर्न र विपक्षीलाई दबाउने गरेको आरोप उनीहरूले लगाएका हुन् ।

पछिल्लो सात दिनमा म्यानमारमा मृत्यु दर इन्डोनेसिया र मलेसियाभन्दा बढी रहेको पाइएको छ । पछिल्ला दिनमा दक्षिणपूर्व एशियामा म्यानमार नै महामारीका कारण सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको मुलुक बनेको छ । देशको स्वास्थ्य सेवा कोभिड–१९ सङ्क्रमित बिरामीहरूका कारण पछिल्लो छोटो समयमा नै निकै प्रभावित बनेको छ । यहाँ चिकित्सकीय सेवाका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति घट्दै गइरहेको र सरकारले धेरै ठाउँमा यसको निजी बिक्रीमा प्रतिबन्धित गरेको छ । सरकार निकट समूहलाई सहयोगका लागि तथा सैन्य अस्पतालहरूमा आपूर्तिलाई केन्द्रित गरिएको यहाँ आन्दोलनरत दल तथा अधिकारबादी समूहले आरोप लगाएका छन् ।

यसैबीच अवज्ञा आन्दोलनलाई सहयोग पु¥याएको भन्दै सैन्य सरकारका गतिविधि स्वास्थ्यकर्मीहरूलाई निरूत्साहन गर्ने खालका भएको विपक्षी गठबन्धनको आरोप छ । विशेषज्ञ र निजामती कर्मचारीले राज्य प्रशासन परिषद्को नामले चिनिने सरकारी संयन्त्रलाई सहयोग नगरेको आरोप सेनाले लगाएको छ ।

संयुक्त राष्ट्र संघका पूर्व म्यानमार मानवाधिकार विज्ञ यान्घी लीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “उनीहरू (सैन्य प्रशासन) ले व्यक्तिगत सुरक्षात्मक उपकरण र मास्क वितरण गर्न रोकेका छन् र लोकतन्त्रका लागि भएका आन्दोलनलाई समर्थन गरेका नागरिकलाई अस्पतालमा उपचारमा समेत असमान व्यवहार देखाएका छन् ।” उहाँले थप्नुभयो,“नागरिक अवज्ञा आन्दोलनलाई समर्थन गरेको आरोपमा डाक्टरहरुलाई पक्राउ गर्न मिल्दैन ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …