अफगानिस्तानमा गत एक हप्तामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिवान विद्रोही मारिएको र ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले मङ्गलबार जानकारी गराएको छ ।
एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईले अफगानिस्तानको २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ ‘विद्रोही’ लडाकू मारिएका छन् । त्यस्तै ८०० भन्दा बढी घाइते भएका छन् । यस क्रममा १६ लडाकूलाई नियन्त्रणमा लिइएको प्रवक्ता शिन्वाराईलाई उद्धृत गरी खामा प्रेसले जानकारी गराएको छ । सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको बताइएको छ । उहाँले बिद्रोहीले उक्त अवधिमा १४ सर्बसाधारणलाई हत्या गरेको र ३० लाई घाइते पारेको पनि खामा प्रेसद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ ।
सेनाको उक्त भनाई अफगानी तालिवान समूहले विभिन्न प्रान्तका सदरमुकाम तथा जिल्लाहरूमा पुनः कब्जा गरेको भनाई आइरहेका समय आएको हो । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने तयारी चलिरहेका समय तालिवान समूहले देशभर आक्रमण गरी आफ्ना गुमेका पूराना प्रभाब क्षेत्रलाई नियन्त्रण गरिरहेको समाचारहरू विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् ।
सेनाले भने तालिवान समूह प्रतिरक्षात्मक अवस्थामा नरहेको देशैभर निकै कमजोर बनेको दावी गरेको छ । यसैबीच सेनाको कारबाहीको दावीलाई एकपक्षीय भन्दै यसलाई पत्याउने कुनै आधार नरहेको भन्दै मारिएका भनिएका व्यक्ति आफ्नो समूहको नभएको दावी गरेको छ । सेनाले आफ्नो सैनिक दस्तालाई मनोवैज्ञानिकरूपमा बल पुगोस भनी उक्त भ्रमपूर्ण प्रचार गरेको दावी तालिवान समूहले गरेको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …