तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खलङ्गा, साउन  ७  गते । जुम्लाको तिला गाउँपालिका र जाजरकोट जोड्ने तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी खुशी भएका छन् । पुल निर्माणले कर्णाली राजमार्ग हुँदै यहाँको भेरीखोला र जाजरकोटसम्म यात्रा गर्नका लागि सजिलो हुने भएकाले स्थानीयवासी खुशी भएका हुन् । हिउँदको समयमा नदी सुकेपनि वर्षायाममा निकै ठूलो हुने गरेको स्थानीयवासी वसन्ती रावलको भनाइ छ । “हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ”, उहाँले भन्नुभयो, “तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासीलाई अब सहज हुने भएको छ ।”

तिला नदीको त्रिवेणीमा ५२.१५ मिटरको पक्की पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताउनुभयो । रु चार करोड १२ लाखको लागतमा पुल निर्माण सम्पन्न भएपछि जुम्लाको तातोपानी गाउँपालिका–७ र ८ का नागरिकलाई सदरमुकाम खलङ्गा आवतजावत गर्न सजिलो भएको छ भने जाजरकोट जाने यात्रुलाई समेत सहज भएको स्थानीयवासीको भनाइ छ ।

पुल निर्माणका लागि विसं २०७३ असार ५ सम्झौता भएको थियो । तत्कालीन प्राविधिक कार्यालयबाट शुरु भएको सो पुलको निर्माण कार्य विसं २०७५ जेठ ३१ गते सम्पन्न हुनुपर्ने थियो । लामो समयसम्म अलपत्र अवस्थामा रहेको सो पुलको निर्माण सङ्घीय सरकारको आर्थिक सहयोगबाट भएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रावलका अनुसार कर्णाली प्रदेशकै पहिलो हाइरिक्स तरिकाले यसको निर्माण भएको छ । जाजरकोटबाट जुम्ला भित्रन सबैभन्दा सजिलो मार्गका रुपमा यसलाई विकास गर्न लागिएको छ । अहिले जुम्ला र सिमाना इमिल्चा हुँदै जाजरकोटसम्म पुग्नका लागि रु दुई करोड १९ लाखको लागतमा कच्ची बाटो निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले पुल निर्माण भएपछि यस क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने बताउनुभयो । साविक कर्णालीको मुकाम जुम्लाको तिला नदीमा पुल नहुँदा जाजरकोटमा गाडी सञ्चालन हुन ढिलाइ भइरहेको थियो, पुल निर्माण भएपछि अब सजिलो हुने उहाँको विश्वास छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …