• आईतबार, साउन-१७,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

कोरोना भाईरस (कोभिड १९)र यस्ले समाजमा पारेको प्रभाव
सोलुुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा रहेको रेडियो चोमोलुङ्गमा कार्यरत पत्रकार विदुर बस्नेतको लेख पढेर प्रतिक्रिया दिनु होला।

कुनै दिन घर भरी भएका सन्तानहरुले छोडेर आफ्नो सुनौलो भविष्यको निर्माण गर्ने भनेर शहर पुगेका त्यो पल्ला घरे माईला दाईको सन्तान आज भोली गाउँ मै खेती किसानी गरिरहेका छन । उता माथ्ला घरे दाईको छोरा बुहारीहरु पनि अहिले गाउँ मै रमाई रहेका छन।
उनीहरु मात्रै नभएर गाउँ बाट शहर गएका धेरै जसो यति बेला गाउँमा देखिन्छन ।

रेडियोमा समाचार भन्दै गर्दा अन्तराष्ट्रिय समाचार जति प्राय कोरोना प्रभाव कै हुन्थ्यो? त्यहि भएर कार्यक्षेत्र तिर कहिलेकाही निस्क्यौ भने प्रश्न आउथ्यो रेडियो खोल्दा किन कोरोनामात्रै आउछ ?

पिटिक्कै सुन्नै मन लाउदैन।आज त्यो घरबाट फोन आयो, बाबु मेरो कान्छो छोरो कारोनाले गम्भीर छरे अस्पतालमा ओछ्यान छैन, उता विदेशमा भएको माईलो छोरो नि अलपत्र परेको छ ।

नेपाल आउन सक्ने विकल्प छैन, यो कुरा सम्बन्धित निकाय सम्म पुयाउनु पर्याे । हाम्रो आवाज भनेको बाबु नानी र त्यहि रेडियो रहेछ।यि र यस्ता कुराहरु त प्रतिनिधिपात्र जस्तै हुन।दिन दूई गुणा र रात चौगुणा डर र त्रासमा सर्वसाधारण छन।कोहि भाईरस हटाउछ रे यस्ले त नानीदेखि लागेको बानी कहाँ छोड्न सकिन्छ र कोरोना आए आवस गए जावस?
टोलटोलका भट्टिमा लुकिछिपि मादक पदार्थको सेवनमा ब्यस्त छन।

कोरोना भाईरस (कोभिड १९)को प्रभाव नेपालमा पनि पर्न थालि सकेको थियो।धमाधम शहर छोडेर गाउँ आउनेहरुको लर्काे लागेको थियो, नभन्दै सबैतिर बन्दाबन्दि सुरु भयो।हजारौको संख्यामा संक्रमित बढिरहेका छन । एकातिर रोगको चिन्ता अर्काेतिर डर त्रास र केहि आशमा सर्वसाधारण देखिन्छन।

बालबच्चाहरु यतिबेला पढाईमा ध्यान नदिएर मोबाईलमा मोटु,पात्लु हेर्न र अन्लाईन खेल खेल्न मस्त र व्यस्त हुन्छन।

आर्थिक बन्दी जताततै छ । चोकमा जमघट छैन, माक्स लगाएकोले मान्छे चिन्न गाह्रो छ । बाचे पनि मरेपनि गाउ मै मरुला भनेर दिनरात लुकिछिपि भएनि गाउ भित्रिने कै संख्या उच्च छ। शहरमा ६ महिनाको भाडा तिर्न बाकी छ अब किन जाने कोठाको सामान नै राखोस भन्ने आवाज सुनिन्छ ।

फेरि कोरोना हट्नेछ र हिजो कै अवस्थामा फर्किन सकिन्छ भनेर झिनो आशामा यतिबेला समाज निदाईरहेको छ।कहिलेसम्म आशै आशमा निराश हुनपर्ने थाहा छैन । वस आवश्यक सावधानी अपनाएर कोरोना लाग्न नदिने होकि सबैजना सुरक्षित रहौ।आफू नि बाचौ अरुलाई नि बचाउँ कोरोना बाट फुत्किए जेपनि गर्न सकिन्छ।स्वास्थ्य नै ठूलो धन हो कसैैैैले नि हेलचेक्राई नगरौ।वौद्विक स्तरका मानिसहरुले सबैलाई उचित सन्देश प्रवाह गर्न यो लेख मार्फत सबैमा अनुरोध गर्दछु।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा
पत्रपत्रिका

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि तुइन तरेर महाकाली पारि भारतको बाटो हिँड्न बाध्य छन् दार्चुलावासी, तर एसएसबीले अवैध भन्दै पटकपटक तुइन खुस्काउँदै आएको छ। दार्चुला …

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ । …

बाघ दिवसको अवसरमा दुई पत्रकार सम्मानित

बाघ दिवसको अवसरमा यहाँ दुई जना पत्रकार सम्मानित हुनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार …

एमालेमा दुई अध्यक्ष बनाएर सहमति जुटाउने कसरत

अध्यक्षको अधिकार विधानतः सुनिश्चित गर्ने विषयमा अनौपचारिक छलफल, ओली र नेपालबीच वार्ता गराउने प्रयास सिद्धान्तमा एकमत, पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्ने दृष्टिकोणमा मात्रै मतभेद काठमाडौँ ।दसबुँदे …