• आईतबार, साउन-१७,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन खड्का (खोटेहाङ ९ रमाइलो)

हो, सज्जनहरूलाई अपजसको जेलनेल सुरु हुन्छ ।

चुनाव आउनै लाग्यो रक्सिमासुको खेल सुरु हुन्छ ।

हेर्दै जानुस् काका सोझा रुखहरू सब काटिनेछन् । 

एउटा टिकट कै लागि यहाँ  जालजेल सुरु हुन्छ ।

कार्यकर्ता भएर हिजो तपाईंँ र म खुब जुझ्यौँ बाझ्यौँ 

अब हाम्रा नेताहरू स्वार्थकै लागि तालमेल सुरु हुन्छ ।

दबैपानी नपाएर अकालमा छोरो मरेको बिर्सनु भो ? 

नपत्याउनुस् है! जित्नकै लागि गफको भेल सुरु हुन्छ ।

पोहोर साल गाउँमा रातारात कुहिएको चामल बाँडे रे !

सावधान! चुनावको नाममा विकृतिको झेल सुरु हुन्छ । 

                       

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा
पत्रपत्रिका

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि तुइन तरेर महाकाली पारि भारतको बाटो हिँड्न बाध्य छन् दार्चुलावासी, तर एसएसबीले अवैध भन्दै पटकपटक तुइन खुस्काउँदै आएको छ। दार्चुला …

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ । …

बाघ दिवसको अवसरमा दुई पत्रकार सम्मानित

बाघ दिवसको अवसरमा यहाँ दुई जना पत्रकार सम्मानित हुनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार …

एमालेमा दुई अध्यक्ष बनाएर सहमति जुटाउने कसरत

अध्यक्षको अधिकार विधानतः सुनिश्चित गर्ने विषयमा अनौपचारिक छलफल, ओली र नेपालबीच वार्ता गराउने प्रयास सिद्धान्तमा एकमत, पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्ने दृष्टिकोणमा मात्रै मतभेद काठमाडौँ ।दसबुँदे …