तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

मिलन समीर करादीखोला,स्याङ्जा

हृदयाकाशको गाढा अँध्यारो मेटाउदै

बिहानैदेखि दिन उज्यालो भएर 

अघि भर्खरै ब्युझिएको छ – झलमल्ल उदाएर घाम 

उसङ्गै उसको अलग संसारमा छताछुल्ल पोखिएको छ ।

आएर उज्यालोका असङ्ख्य हातहरु 

ब्युझाएर उठाउछन् उसलाई जड ओछ्यानबाट 

लिएर जान्छन् आफ्नै साथमा 

तर धकेलिदिन्छन् हामीलाई भने 

फेरि त्यही गाढा अन्धकार कालरात्रीकै साम्राज्यभित्र 

जहाँ कहिल्यै पनि दिन उज्यालो भएर ब्युझिदैन ।

हृदयभित्र नमेटिनेगरि गढेर बसेको गहिरो पीडालाई 

दाग समेत बाकी नरहनेगरि पखाल्न खोजिरहेछौं 

बत्तीमा पुतली झुम्मिएझैँ दिनको उज्यालोमा लोभिएर 

घामको एक अञ्जुली प्रकाश हत्केलाले उठाएर 

तनतनी पिउन खोजिरहेछौँ 

र , अतृप्त प्यास मेट्न चाहिरहेछौँ सधैंकालागि ।

भीमकाय भाडोभरि भरिन्छ छचल्किएर पोखिनेगरि 

गाढा उज्यालोको न्यानोपन डुबुल्की मार्दै 

ज्यान मिचिमिचि नुहाइरहन्छ फेरि उसैले – हाम्रै सामुन्ने 

घामका उज्याला किरणहरु सुन्दर फुल भएर 

सदैव मुस्कुराइरहने अद्वितीय स्वर्णिम बगैंचामा 

मलिन मुहार लिएर हेरिरहेछौँ हामीले 

 त्यहीँ नजिकै रहेको मरुभूमिको एक छेउबाट ।

विडम्बना ! बत्तीमा झुम्मिएको पुतलीझैँ 

हाम्रा पनि सारा इच्छा – आकाङ्क्षा – 

आस्था र भरोसाहरु सदैव जलेर खरानी हुन्छन् 

उसको संसार उज्यालिइरहेको हुन्छ 

बाकी सबैलाई अन्धकारमा डुबाएर ।

खुशीले रमाइरहेको हुन्छ उ 

असीमित स्वतन्त्रताको 

अनन्त आकाशमा कावा खादै 

उडिरहेका उन्मुक्त चराहरुजस्तै 

हामी भने आफ्नै जीवन – यात्राको 

साघुरो र कठिन गोरेटोमा भौंतारिदै 

खोजिरहेका छौँ जीवनका इन्द्रेणी रङहरु 

तैपनि भेट्नै सकिरहेका छैनौं – अहिलेसम्म ।

गुराँसका रंगीन फुलहरुजस्तै उज्यालोको चरम आनन्दमा 

चुर्लुम्मै डुबिरहेको उसलाई अनिदा आँखाहरु झिमिक्कै नपारी 

फेरि एउटा अर्को मृगतृष्णाको रूपमा कस्तुरीमृगको नियति 

अझै कहिलेसम्म भोगिरहनु पर्ने हो हामीले ?

अचानक खसेको छ एउटा गाढा अँध्यारो छाया 

गाडिएको छ आफ्नै मनमन्दिरको मझेरीमा 

 फेरि कहिल्यै निको नहुनेगरि बल्झिएर

 दुखिरहने कुठाउँमा निस्केको पिलोजस्तै ।

आफ्नै जीवन – यात्राको गोरेटोमा 

आइपुगेको छ – एकदमै अफ्ठ्यारो मोड ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …