• आईतबार, साउन-१७,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिपेन्द्र पोखरेल

लिपुलेक दिए कालापानी दिए

मेरो देशको इमान दिए

खोला दिये नदि दिए !!

अझै के माग्छौ भन तिमिलाइ दिने 

म सङ धेरै छन तेस्ता कुराहरु 

कुर्सी तिम्रै हो, त्यो पनि दिउला!!

स्वाभिमान तिम्रै हो त्यो पनि दिउला 

पहाड तिम्रै हो त्यो पनि दिउला!!

मधेस तिम्रै हो त्यो पनि दिउला

म बेच्छु म आफैलाइ तिमिलाइ!!

कति मा किन्छौ भन ?

मेरो टोपी र दौरा सुरुवाल दिन्छु !!

कती मा किन्छौ भन ?

ढुङ्गा दिन्छु ,माटो दिन्छु !!

चिन्ता नगर मित्र तिमिलाइ म

मेरो गौरब को सान चुरे दिन्छु !!

सस्तो मा बिजुली दिन्छु तिमिलाइ 

महङगोमा मै किनिदिउला !!

चिन्ता नगर मित्र तिमी

तिम्रो इशारामै चलिदिउला !!

तिमिले उठ भने उठ, बस भने बस 

खोक्रो रास्ट्रवादको नारा मै लगाइदिम्ला !!

तिमी समुन्नत हुँदै जानु 

म भासिदै जाउला !!

खै कति दिउ तिमिलाइ 

कति मा किन्छौ भन ?

मेरो देशनै तिमिलाइ दिउला !!

 

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा
पत्रपत्रिका

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि तुइन तरेर महाकाली पारि भारतको बाटो हिँड्न बाध्य छन् दार्चुलावासी, तर एसएसबीले अवैध भन्दै पटकपटक तुइन खुस्काउँदै आएको छ। दार्चुला …

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ । …

बाघ दिवसको अवसरमा दुई पत्रकार सम्मानित

बाघ दिवसको अवसरमा यहाँ दुई जना पत्रकार सम्मानित हुनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार …

एमालेमा दुई अध्यक्ष बनाएर सहमति जुटाउने कसरत

अध्यक्षको अधिकार विधानतः सुनिश्चित गर्ने विषयमा अनौपचारिक छलफल, ओली र नेपालबीच वार्ता गराउने प्रयास सिद्धान्तमा एकमत, पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्ने दृष्टिकोणमा मात्रै मतभेद काठमाडौँ ।दसबुँदे …