तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं  : दोस्रो लहरको कोरोनाको महामारी बढेसँगै कोरोनाबाट बच्नका लागि अनेक हर्कत गरेको समाचार आईरहेका छन् । अर्ब बढी जनसंख्या रहेको भारतमा २ करोड बढी संक्रमित भइसकेका छन् भने साढे २ लाख बढीले ज्यान गुमाइसकेका छन् । मानिसहरु कोरोनाबाट बच्नका लागि अनेक उपायहरु अपनाईरहेका छन् । कतिपयले आयुर्वेदको सहारा लिइरहेका छन् भने कतिपयले जनमानसमा र ज्योतिषहरुले गरेका भविष्यवाणीमा भर परेका छन् ।

यसैक्रममा भारतको गुजरातमा मानिसहरुले अर्को अचम्मको उपाय अपनाएका छन् । मानिसहरु गाई पाल्ने ठाउँ अर्थात् गौशालामा गएर गाईको गोबर र गहुँतले नुहाइरहेका तस्बिरहरु सार्वजनिक भएका छन् । तर यस्तो कार्य गर्नु डाक्टरहरुले खतरा भएको र तत्काल प्रतिबन्ध लगाउनुपर्ने जनाएका छन् ।

गाईको गोबर र गहुँतले नुहाएको खण्डमा मानिसहरुले आफ्नो इम्युनिटी पावर बढ्ने र कोरोनाबाट बचिने भन्दै आएका छन् । स्थानीय एक फार्म हाउसका मेनेजर गौतम मणिलाल बोरिसाले आफ्नो फार्ममा कतिपय डाक्टरहरु पनि आएको बताएका छन् । डाक्टरहरुले नै गोबर र गहुँतले आफ्नो इम्युनिटी पावर बढ्ने बताउँदै कोभिड बिरामीको उपचार गर्न सहज हुने बताउँदै गोबर र गहुँतले नुहाउन आउने बताएका छन् ।

कतिपयले गोबर र गहुँत लगाएर योगासमेत गरिरहेको जनाएका छन् । यस्ता उपचार पद्धतिलाई भारतीय डाक्टर बैज्ञानिकहरुले मनगढन्ते उपचारपद्धति भन्दै झन् नकारात्मक प्रभाव पार्ने बताउँदै आएका छन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …