तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको पहलमा रोयल होटलमा सन्चालन गरिएको अक्सिजन सहितको आइसोलेसन सेन्टरमा संक्रमित लगिएको छ ।

कोभिड–१९ बाट संक्रमण पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका संक्रमितलाई बुधबार साँझ आइसोलेसन सेन्टर लगिएको हो ।

संक्रमितको स्वास्थ्यमा थप समस्या देखिन थालेपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित रोयल होटलमा अक्सिजन सहितको आइसोलेसन पुर्‍याइएको नगर उपप्रमुख बिमला राईले आगमनखबरलाई बताउनुभयो ।

नगरपालिकामा बैशाख २६ गते गरिएको एन्टीजेन परीक्षणमा ११ जनालाई संक्रमण पुष्टि भएको थियो ।

नगर उपप्रमुख बिमला राईले माहामारीको यो अवस्थालाई मध्यनजर गर्दै कोरोना संक्रमितले एम्बुलेन्स नपाएर समयमै अस्पताल नपुग्दा ज्यानै जाने सम्भावना रहेकाले नगर भित्रका नागरिकलाई सो हुन नदिन आफूले प्रयोग गर्दै आएको बा १ झ ६४२४ नम्बरको गाडी सोमवार बिहान स्वास्थ्य शाखालाई दीई एम्बुलेन्सका रुपमा सन्चालनमा आएको सोही गाडीमार्फत सान्क्रमितलाई आइसोलेसन सेन्टर लगिएको हो ।

नयाँ भेरीयन्ट सहितको कोरोना भाईरसको महामारी तिब्र गतिमा फैलिरहेको अबस्थामा नगरपालिकाले हलेसीस्थीत रोयल होटलको पुरानो भवनमा नगरभित्रका संक्रमितहरुको उपचारका लागि होटलको १६ वटा कोठामा ३२ बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको नगर उपप्रमुख राईले बताउनुभयो ।

राइले गरेको सहरणीय कार्यले आवश्यक अनुसार सुबिधा लिन पाउदा नगरबासीमा खुशी छाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …