तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जीवन पाख्रीन तामाङ

काभ्रे । पूर्व संसद, संविधानसभा सदस्य, प्रतिनिधि सभा क्षेत्रीय सभापती तिर्थ लामाले नेपाली कांग्रेस काभ्रेको नौबिसेमा रहेको क्षेत्रीय पार्टी कार्यलयलाई आईसोलेसन सेन्टर बनाउन दिने बताएका छन।

कोरोना भाईरसले जिल्लामा पछिल्ला दिन संक्रमित र मृतकको संख्या वृद्धि भएको र उपचार अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्य अनुरुप निर्माणधिन पार्टी कार्यलयलाई स्थानिय सरकारले प्रयोग गर्न चाहेमा तत्काल आईसोलेन वेडकाे लागी प्रयोग गर्न सक्ने बताएका छन् ।
काभ्रे जिल्लामा भएका अस्पतालहरुले मात्रै कोभिडका बिरामी धान्न नसक्ने अवस्था छ,आईसोलेसनहरु बिस्तार हुँदै छन् तर पनि पर्याप्त छैन’।

सरकार जनताको जीवन रक्षा गर्ने भन्दा स्वास्थ्य सामग्री खरिदमा कमिशनको खेलमा डुबेको छ, सरकारको लापरवाहि, गैरजिम्मेवारी र अकर्मण्यता प्रति संविधानसभा सदस्य लामाले घोर निन्दा गरेको छ।’

हाल रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले संयुक्त रुपमा नमोबुद्ध–४ जनक माविमा पनि ४० वेडको अक्सिजन सहितको आईसोलेसन सेन्टर संचालनमा ल्याएका छन् जसमा दुवै पालिकाका स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …