तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनिल शर्मा पौडेल

काठमाडौँ। भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ ।

केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि भारत गए सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासले घर फर्किने थालेपछि यहाँ कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको छ ।

भारतसित ओहरदोहर गर्ने सुदूरपश्चिमको मुख्यद्वार कञ्चनपुरको गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकामा दैनिक कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यहाँ सुनसान रहेको कोरोना अस्पताल सङ्क्रमितले भरिन थालेका छन् भने बन्द गरिएको आइसोलेशन शय्या स्थानीय प्रशासन र सरोकारवाला निकायले पुनःसञ्चालनको तयारी गरिरहेका छन् । कञ्चनपुरको महाकाली अस्पतालस्थित कोरोना अस्पताल सङ्क्रमित बिरामीले भरिएका छन् ।

अस्पतालमा अहिले ५३ कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । “कोरोना अस्पतालको क्षमता ५० शय्याको भए पनि अहिले बढी बिरामी राखेर उपचार गर्नुपरेको छ”, महाकाली अस्पताल कोभिड–१९ का सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले भन्नुभयो, “सङ्क्रमित थपिँदै जाँदा व्यवस्थापनमा थप जटिला थपिएका छन् ।” स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार यहाँको गड्डाचौकी नाकामा हरेक दिन १० देखि १५ जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ । महाकाली अस्पतालले कोरोना सङ्क्रमणका जटिल लक्षण देखिएका बिरामीलाई सघन उपचारका लागि धनगढी पठाउने गरेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले यहाँस्थित ‘आइसिएच’ भवनमा आइसोलेशन बनाउने तयारी गरिरहेको बताउनुभयो । उहाँले उक्त भवनमा १०० शय्या राखेर उपचार गर्ने गरी आइसोलेशन कक्ष बनाउने काम भइरहेको बताउनुभयो । बितेको एक महिनामा महाकाली अस्पतालमा १०७ सङ्क्रमित भर्ना भएका थिए ।

जसमध्ये केही वडाध्यक्षको सिफारिसमा होम आइसोलेशनमा छन् भने कोही निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ । नयाँ वर्षको अवसरमा यहाँका नाकाबाट स्वदेश फर्किने क्रम पनि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जनाकारी दिनुभयो ।

प्रहरीका अनुसार बितेको एक महिनामा गड्डाचौकी र गौरीफन्टा नाकाबाट झण्डै ४० हजार नागरिक स्वदेश फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चैत महिनादेखि सीमानाकामा स्वास्थ्यकर्मी खटिएर ‘एन्टिजेन’ परीक्षण थालिएको हो । केही समययता सङ्क्रमण बढ्न थालेपछि महाकाली अस्पतालमा पनि कोरोना परीक्षण गराउनेहरुको सङ्ख्या बढिरहेको छ । सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य दशकौँदेखि भारत हो ।

गत वर्ष कोरोना सङ्क्रमण बढेपछि डेढ लाखभन्दा बढी यहाँका नागरिक भारतबाट रोजगारी छाडेर घर फर्किएको तथ्याङ्क छ । खुला सिमानाका कारण बन्दाबन्दीका बेला लुकीछिपी स्वदेश फर्किने क्रम पनि चल्यो । गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले आज बिहान नाकामा ३०० को कोरोना परीक्षण गरिएकामा ३३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

दैनिक एक हजारदेखि एक हजार ५०० सम्म नागरिक यस नाकाबाट घर फर्किँदैछन्”, उहाँले भन्नुभयो, “सबैको कोरोना परीक्षण गर्न सम्भव भइरहेको छैन ।” उहाँले परीक्षण दायरा बढाउन सरकारले थप कदम चाल्नुपर्ने आवश्यता रहेको उहाँको भनाइ छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भारतबाट फर्किनेमा कोरोनाको सङ्क्रमण देखिएको बताउनुभयो ।

स्थानीयवासी सङ्क्रमणभन्दा पनि भारतबाट आउनेमा बढी देखिएको छ” उहाँले भन्नुभयो, “धनगढी र महेन्द्रनगरका कोरोना अस्पताल सङ्क्रमितले भरिएका छन् ।” अस्पतालको आइसोलेशन शय्या भरिएपछि आपतकालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीय तहहरुले पुनः आइसोलेशन बनाएर सङ्क्रमितको व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको छ भन्नुभयो ।

सीसीएमसी वैठक छलफल मै सिमित
सिंहदरवारमा शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वैठकमा संक्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफलमा त्यस्तो ठोस निर्णय भने हुन सकेको छैन।

बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे पनि छलफलमा कोभिड–१९ को नयाँ प्रजातिको सङ्क्रमण अलि भिन्न र छिटो फैलन सक्ने भएकाले रोकथामलाई कसरी व्यवस्थित र चुस्त तुल्याउने भन्ने सन्दर्भमा मन्त्रालयको प्रस्तावमाथि विभिन्न कोणबाट छलफल गरी राय, सुझावमा अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पालनालाई बढी प्रभावकारी तुल्याउन आवश्यक छ, रोकथाम र नियन्त्रणका लागि जनचेतना जागरणका कार्यक्रमलाई थप प्रभावकारी तुल्याउनुपर्छ भन्नेमा सबैको जोड छ । बैठकमा कोरोना रोकथामका लागि टोल, समुदाय, स्थानीय तह र प्रदेशलाई आ–आफ्ना कार्यक्षेत्रभित्र जनचेतना जागरणका कार्यक्रम सञ्चालन गर्न सुझाव दिन उचित हुने रायसमेत प्रस्तुत गरिएको थियो ।

विद्यालयको पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा विगतको जस्तो समग्र एकैखाले नभई कोरोनाको सङ्क्रमण जोखिम बढी देखिएका स्थानमा तत्कालका लागि शिक्षा मन्त्रालयबाट जारी भएको अनलाइन लगायतका वैकल्पिक सिकाइका ढाँचा र विधिमार्फत पठनपाठनको व्यवस्था गर्न उचित हुने छलफल भएपनि निर्णय हुन भने सकेन।

मन्त्रिपरिषद्बाट निर्णय भई आदेश जारी भइसकेपछि मात्र विद्यालय सञ्चालन र सिकाइका वैकल्पिक ढाँचा लागू हुनेछ ।” कोरोना नियन्त्रण, रोकथाम, उपचार र यससँग सम्बन्धित कार्यका लागि निर्णय गर्ने अधिकार स्थानीय तह र स्थानीय प्रशासन समेतलाई दिनुपर्छ भन्नेमा बैठक मतैक्यता रहेको तथा प्रवेश विन्दुमा नै सङ्क्रमण रोकथामका कदमलाई प्रभावकारी बनाउनु पर्ने तर्क गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …