तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

दोलखा। दोलखाको बिगु गाउँपालिका–८ खोपाचाँगुस्थित हिमालय माविका विद्यार्थी, शिक्षकमा रुघाखोकी र ज्वरो फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

यहाँका १ सय २ विद्यार्थी र ६ शिक्षक रुघाखोकीसहित ज्वरोले थलिएका छन् । केही विद्यार्थीमा समस्या देखिए पनि बिहीबारबाट प्रकोप फैलिएको प्रधानाध्यापक कालु जिरेलले बताए ।

‘एक साताबाट केहीमा रुघा र ज्वरो देखिएको थियो,’ उनले भने, ‘हामीले सामान्य लियौं, आजबाट अवस्था जटिल हुँदै गयो ।’ ज्वरोको प्रकोप फैलिएपछि केही दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले बताए । उनका अनुसार उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

कोरोनासँग मिल्दो लक्षण देखिएको छ, विद्यालय बन्द गरेर विद्यार्थीको निगरानी गर्न भनेका छौं,’ उनले भने, ‘स्वास्थ्यकर्मी परिचालन र परीक्षणका लागि जिल्लासँग सहयोग मागेका छौं ।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …