तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

न्यूयोर्क, अमेरिका। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले नेपाल तरुणदलकी पुर्व केन्द्रीय सदस्य सविता सिंह सिलवाल र रोल्पा-अमेरिका जनसम्पर्क समितीका अध्यक्ष एंवम रोल्पा नेपाली कांग्रेसका युवा नेता गोविन्द श्रेष्ठलाई स्वागत गरेको छ ।

बुधवार गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टर कार्यालयमा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गर्नु भएको हो । सो स्वागत कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामाको विशेष उपस्थिती रहेको थियो।

स्वागत कार्यक्रमको भेटवार्तामा सामाजिक र राजनितीक विषयमा व्यापक छलफल भएको थियो। भेटवार्तामा फाउण्डेशनको नयाँ कार्यालय स्थापना गर्नुभएकोमा अध्यक्ष घिमिरे एवं उपाध्यक्ष लामा लाई कांग्रेस जुझारु नेत्री सविता सिंह सिलवाल र युवा नेता गोविन्द श्रेष्ठले बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा फाउन्डेशनलाई विभिन्न देशका उच्चस्तरीय सामाजिक संघसंस्थाहरूसँग समन्वय गरी अगाडी बढन आफ्नो तर्फवाट भरपुर सहयोग गर्ने वचनवद्दता जाहेर गर्नुभयो।

कार्यक्रममा च्याप्टरका अध्सक्ष घिमिरेले, गिरिजा बावुले प्रतिपाद गरेको सहमती, सहकार्य र एकताको भाव अहिले पनि उत्तिकै अपरिहार्य रहेको उल्लेख  गर्दै देशमा आएको परिवर्तनमा स्व. गिरिजा प्रसाद कोईरालाको योगदान  उल्लेखनीय रहेको र उहाकै नेतृत्वबाट नेपाल स्वर्णिम युगमा प्रबेश गरेको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष लामाले गिरिजा बावुकै महान बाणी “सहमती, सहकार्य र एकता” मा टेकेर कांग्रेस सहित अन्य दलहरुले पनि आगामी दिनमा राजनितिक संस्कारलाई अगाडी बढाउनु पर्दछ। ऐसियाकै एक साहसिक र निडर नेता, शान्तिका नायक श्र्देय नेता गिरिजा प्रसाद कोईरालाको बिचारबाट हामीले धेरै कुरा सिक्नु बाँकी रहेको बताउनुभयो ।

गिरिजा बावुले नेपाली जनताको लागी राणाकाल देखी भारत प्रवासमा रहँदा पंचायतकाल र वहुदलीय व्यवस्था एवं गणतन्त्र स्थापना गर्दा सम्म निरन्तरअथक योद्दाका रूपमा वहाँले पुर्याउनुभएको अतुलनीय योगदान र जीवनको उत्तरार्धमा नेपालमा माओवादी द्वन्द्ववाट १७ हजारभन्दा धेरै नेपालीजनले ज्यान गुमाएपछी देशलाई द्वन्दवाट शान्तीको मार्गमा स्थापित गराउन द्वन्दरत पक्षलाई वार्तामा ल्याई विस्तृत शान्ती सम्झौता समेत गराउन सफल र वहाँको अतुलनीय भुमीका रहेको कार्यक्रममा चर्चा भएको थियो ।

युवा नेता श्रेष्ठले अध्यक्ष घिमीरेको वौद्दिकता र उच्च विचारले थप उर्जा प्राप्त भएको र सहकार्यगरी अगाडी बढन आफु उत्साहित भएको वताउनुभयो भने उर्जाशील नेत्री सविता सिलवालले देशमा शान्ति प्रक्रिया तथा लोकतन्त्रका लागि एक्लै लडेको, गिरिजा बावुको स्मरण केवल देश, विदेश, पार्टी मात्र नभई अन्तरराष्ट्रीय स्तरमा सबैले सम्झिरहेका बताउनु भयो ।

नेपाली राजनितिमा स्व. गिरिजा प्रसाद कोईरालालाई शिर्षनेता, युगपुरुष, शान्तीनायक, महानायक आदि उपनामले समेत पुकारिन्छ।

युग पुरुष स्व. गिरिजा प्रसाद कोईरालाको नाममा स्थापित फाउण्डेशनको केन्द्रीय कार्यालय काठमाण्डौ, नेपालमा अवस्थित छ र गिरिजा प्रसाद कोईराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष माननीय सुजाता कोईराला हुनुहुन्छ। मा.सुजाता कोईराला पुर्व उप-प्रधानमन्त्री एंव विदेश मन्त्री, नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य एवं प्रभावशाली नेत्री हुनुहुन्छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …