तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । भक्तपुर नगरपालिकाले नेपालको संविधान विपरित आफ्नो कानुन निर्माण गरेको छ । नेपालको संविधान २०७२ को धारा १७ को उपधारा (१) को (ङ) विपरित नगरपालिकाले आफ्नो कानुन निर्माण गरेको हो । नेपालको संविधान २०७२ को धारा १७ मा स्वतन्त्रताको हक र उपधारा (१) मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट बच्चित गरिने छैन भन्ने उल्लेख छ भने उपधारा (१) को (ङ) मा नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता सम्बन्धी हकलाई सूनिश्चत गरेको छ ।

तर, भक्तपुर नगरपालिकाले नागरिकको मैलिक हक अधिकारलाई कुन्ठित गर्दै संविधान विपरित कानुन बनाएको छ । नगरकालिकाले कला संस्कृति र सम्पदा संरक्षण एवं सम्बद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ निर्माण गरेको छ । यस ऐनको दफा ५ उपदफा (७) मा सांस्कृतिक क्षेत्र भित्र घर जग्गाहरु स्थानीय नागरिकले बाहेक अन्यले खरिद गर्न नपाउने भनिएको छ । सो कानुन निर्माण छि अहिले त्यहाँका स्थानीयले आफ्नाे घर जग्गा विक्री गर्न पाएका छैनन् ।

नगरपालिकाले भक्तपुर स्थानिय बाहेकलाई घर जग्गा विक्री गर्न नदिएपछि भक्तपुर नगरपालिका वडा नम्बर ८ सुकुल ढोकाका राजेन्द्र राय एक वर्ष देखि जग्गा विक्री तनावमा छन् । उनले घर व्यवहार चलाउन समस्या भएपछि आप्mसँग भएको जग्गा भक्तपुर स्थानिय बाहिरको व्यक्तिलाई विक्री गर्न खोजेका थिए । नगरपालिकाले भक्तपुरको स्थानिय बाहेकलाई जग्गा विक्री गर्न नदिएपछि उनले एक वर्ष देखि आफ्नाे जग्गा विक्री गर्न पाएका छैनन् । संविधानले जुनसुकै ठाउँको व्यक्तिले पनि जुनसुकै ठाउँमा पनि घर जग्गा खरिद विक्री गरी बसोबास गर्न पाइने मौलिक हक दिएको भएतापनि नगरपालिकाले संविधानले दिएको अधिकार नै कुन्ठित गरी दिएपछि समस्या भएको स्थानीय राय बताउँछन् । अहिले जग्गा विक्री गर्न नपाएपछि घर बनाउन खोज्दा घर समेत बनाउन नदिएको उनले गुनासो गरे ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले परम्परागत मौलिक कला सांस्कृती बचाउन त्यहाँको स्थानीय बाहेक अन्यलाई घर जग्गा खरिद गर्न नपाइने कानुन निर्माण गरेको बताइन् । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नगरपालिकाले आप्mनो कानुन निर्माण गरी स्थानीयवासी बाहेक अन्यलाई घर जग्गा खरिद गर्न रोक लगाएको उपप्रमुख जोशीले राजधानीसँग बताइन् ।

भक्तपुर नगर भित्रको पुरानो मौलिक कला सांस्कृति लोप हुँदै गएको हुँदा भक्तपुरका कला सांस्कृतिलाई जोगाउन आप्mनो कानुन बनाएको उनको दावी छ । उनले भनिन्, ‘सो विषयमा अहिले अदालतमा मुद्दा परेको छ । मुद्दाको टुङ्गो नलाग्दा सम्म आफुले धेरै बोल्न मिल्दैन । संविधानले पनि स्थानीय सरकारलाई कानुन बनाउनु अधिकार दिएको छ । त्यही अधिकार बमोजिम भक्तपुर नगरपालिकाले आप्mनो कानुन निर्माण गरेको हो, ।’ उपप्रमुख जोशीले भनिन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले विशेष गरेर विश्वसम्पदा सूची क्षेत्र भित्रमा परेको घर जग्गा स्थानीय बाहेक अन्य व्यक्तिले खरिद गर्न नपाउने कानुन रहेको बताए । उनले सो विषयमा स्थानीयले नै अदालतमा मुद्दा दायर गरेको बताए । अहिले सो मुद्दा संवैधानिक इजलासमा रहेको अधिकृत श्रेष्ठले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले २०७६ पुस ३ गते कला संस्कृति र सम्पदा संरक्षण एवं सम्बद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ राजपत्रमा प्रकाशित गरेको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …