तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको दिक्तेलवजारमा ‘भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गरौं, सह–अस्तित्व सहितको समानुपातिक समाबेशी समाजको निर्माण गरौं’ भन्ने मूल नारासहित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको तश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको अध्यक्षमा फुर्वा शेर्पा लगायतका कार्यसमिती सर्वसम्मत चयन गर्दै सम्पन्न भएको हो ।

जिल्ला समन्वय समितिको समिक्षालय हलमा शनिवार सम्पन्न अधिबेसनले उपाध्यक्षमा एलबी मगर र कृष्णकुमारी तामाङ, सचिवमा उदिम चाम्लिङ, सह–सचिवमा उत्सव सुनुवार र गोमा राई तथा कोषाध्यक्षमा किसन भुजेललाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै निस्पना मगर, चित्रकला भुजेल, सविना राई, प्रेमलमु शेर्पा, पर्शुराम तामाङ, रामबहादुर माझी, डाकिमा शेर्पा र मनकाजी गुरुङ महासंघको सदस्य चुनिएका छन् । नेवार समुदायबाट भने एक उपाध्यक्ष र एक जना सदस्य चयन गर्न बाँकी छ । नेवा खलले संस्थागत निर्णय गरेर उपाध्यक्ष र सदस्य सिफासि गर्ने जनाइएको छ ।

जनजाती महासंघको आगामी जेठ १९, २० र २१ गते सुर्खेतमा हुने राष्ट्रिय महाधिबेसनलाई लक्षित गर्दै जिल्ला अधिबेसन गरिएको हो । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको अधिबेसन प्रदेशसभा सांसद राजन राईले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद राई, जिल्ला समन्वय समितिका सदस्य अडिराम राई, नेकपा एमाले (नेपाल समुह)का जिल्ला सचिव जलसेर राई, नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डे आकाश, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापा, उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राई, गैर–सरकारी संस्था महासंघका अध्यक्ष दानबहादुर राई लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । महासंघको नयाँ नेतृत्वले आगामी जनगणना २०७८ मा भाषा, सँस्कृति र पहिचानका विषयमा आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्ने जनाएको छ ।

अधिबेसनमा जिल्लामा क्रियासिल १२ वटा जातीय संघसंगठनकातर्फबाट दुई–दुई जना प्रतिनिधि र पर्यबेक्षक तथा १० स्थानीय तहमा गठन गरिएको जनजाति महासंघको तदर्थ समन्वय परिषदबाट दुई–दुई जना पर्यबेक्षकको सहभागीता रहेको थियो। अधिबेसन उद्घाटनकाक्रममा आदिवासी जनजातिको मौलिक तथा साँस्कृतिक भेषभुषा सहितको झाँकी प्रदर्शन गरिएको थियो ।

खोटाङमा राई, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, भुजेल, माझी, लिम्बू, थामी, सुनुवार र चौधरीको बसोबास छ । त्यसमध्ये नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदमा १० जातजातीको प्रतिनिधित्व रहेको छ । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामै जनजाति महासंघको तदर्थ समन्वय परिषद क्रियासिल रहेको जनाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …