तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ ।  कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ३०० बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जनाइएको छ । सङ्घले समस्यामा परेका नेपाली श्रमिकमध्ये घर फिर्तीका लागि ३२४ जनाको पिसिआर परीक्षण तथा २१७ जनालाई आंशिक हवाई टिकटको व्यवस्था गरिएको जनाएको छ ।

रोजगारी गुमाएका, समान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका, बिरामी, विशेष आवश्यकता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग खर्चिएको सङ्घको भनाइ छ । सङ्घले धेरै नेपाली श्रमिक भएका मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, बहराइन, कुवेत तथा ओमानलगायत मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो  ।

भर्चुअल पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँगको सहकार्यमा खाना तथा बासको व्यवस्था, घरफिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पिसिआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीलाई सहयोग गरिएको बताए ।

सङ्घका महासचिव डा.हेमराज शर्माले कोभिड–१९ पछाडि देखिन सक्ने मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर विश्वभर २०० बढी नेपाली चिकित्सक परिचालित गरिएको बताए । अमेरिका, बेलायत, युरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसिया प्रशान्त क्षेत्रमा अनुभवी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई परिचालित गरिएको सङ्घले जनाएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …