तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

पाँचथर । कोरोना कहरका कारण गत वर्ष हुन नसकेको चौरी महोत्सव यसवर्ष हुने भएको छ । यस वर्ष फालेलुङ गाउँपालिका–४, तीनसिमाना फालोट क्षेत्रमा बैशाख एक गते चौंथो चौरी महोत्सव हुने भएको हो ।

यसअघि फालेलुङ–४, कै चाररातेमा महोत्सव हुँदै आएको थियो । यसवर्ष भने करीब १५ किलोमिटर उत्तरमा अवस्थित सिमाना क्षेत्रमा महोत्सव गर्न लागिएको हो । फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन संस्था, दीपज्योति युवा क्वल र कञ्चनजंघा चौरी पालन संरक्षण संस्थाको आयोजना तथा कञ्चनजंघा भू–परिधि संरक्षण तथा बिकास पहलको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो । महोत्सव प्रबद्र्धकको रुपमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका ४ नं. वडा रहेका छन् ।

चौरी पालन व्यवसाय प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक संस्था दीपज्योती युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावा राईले बताए । महोत्सवमा चौरी तथा याक प्रदर्शनी, चौरीको दुधबाट उत्पादित वस्तुहरुको स्टल लगायत रहनेछन् ।

महोत्सवमा सहभागिले नेपालसँगै भारतको सिक्किम र वेष्ट बेङ्गाल, तीनसिमाना क्षेत्रको दृष्यावलोकन तथा गोठ स्टेको अनुभव समेत लिन सक्नेछन् । महोत्सव अवलोकनका लागि नेपालसँगै भारत र भूटानबाट समेत चौरी र प्रकृतिप्रेमीहरु आउने आयोजकले जनाएको राजाधानी दैनिकले खबर छापेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …