तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मेलम्चीको पानी काठमाडौँ आइसकेपछि लिमिटेडको आर्थिक अवस्थामा सुधार हुने प्रक्षेपणसहित सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनेको हो ।

कम्पनीप्रति सबैको अनपत्व बढाउन र केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण सेयर जारी गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य शाक्यले जानकारी दिनुुभयो । लगातार तीन वर्ष नाफामा देखिए अर्को आर्थिक वर्षमा सेयर जारी गर्न पाइने व्यवस्थाअनुसार तयारी भएको उहाँको भनाइ छ ।

हाल केयूकेएलले दैनिक करिब आठ करोड लिटर पानी वितरण गर्दै आएको छ । दैनिक १७ करोड लिटर मेलम्चीको पानी थप भएपछि अहिले केयूकेएलले दैनिक २५ करोड लिटर पानी वितरण सुरु गरेको छ । मेलम्चीको दोस्रो आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाको १७÷१७ करोड लिटर पानी थप भएपछि केयूकेएलले दैनिक ५१ करोड लिटर पानी वितरण गर्नेछ । जसको कारोबार हालको भन्दा करिब सात गुणा बढी हुनेछ ।

मेलम्ची आइसकेपछि केयूकेएलप्रति आमउपभोक्ताको धारणामा सकारात्मक परिवर्तन हुने अनुमान केयूकेएलको छ । पानी पर्याप्त भइसकेपछि समय तालिकाअनुसार वितरण नियमित र प्रभावकारी हुनेछ । जसले गर्दा कम्पनीको नाफा बढ्न गई आकर्षण पनि बढ्ने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत र शाक्यको दाबी छ ।

केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको छ । “केयूकेएल सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित भएकाले कम्पनीको प्रबन्धपत्रअनुसार सर्वसाधारणका लागि सेयर जारी गर्छौं,” शाक्यले भन्नुभयो ।

एक अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत सेयर छ । त्यस्तै नेपाल चेम्बर अफ कमर्सलगायत चारवटा निजी क्षेत्रका संस्थाको १२ प्रतिशत सेयर छ । कर्मचारी ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर छ । बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने व्यवस्था छ ।

केयूकेएलले १० हजार लिटर पानीको एक सय रुपियाँ महसुल लिने गरेको छ । १० हजार लिटरपछि प्रत्येक हजार लिटरको ३२ रुपियाँ थप हुँदै जाने व्यवस्था छ । सेवा प्रभावकारी बनाएपछि शुुल्क बढाउने केयूकेएलको योजना छ । हाल केयूकेएलले वर्षमा ९५ करोड बराबरको पानी वितरण गर्दछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …