तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नरेन्द्र कुमार महतो

धनुषा। श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बचतमा जम्मा गरिएको पैसा अनिमियता गरेपछि पीडित बचतकर्ताहरु आक्रोश बनेका छन ।

क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा रहेको श्री महालक्ष्मी बचत तथा ऋण सहकारीले बचत गरिएको रकम अनिमियता गरेको भनी संस्थाका संचालक समितिका कार्यबाहक अध्यक्ष मनोज सिंहलाई केही समय शौचालयमा थुनी बाहिरबाट ताला लगाएका थिए।

आगमनखबर सँग कुरा गर्दै एक बचतकर्ताले भने संस्थाका अध्यक्ष मनोज सिंहले आफुहरुले बचत गरेको रकम माग गर्दा रकम फिर्ता गर्न आलटाल गरी फिर्ता नदिएकाले आफुहरुले बचत गरेको रकम आवश्यक पर्दा निक्काल्न नपाउदा बाध्य भएर शौचालयमा थुनेको बताएका छन।

आइतबार संस्थाको बैठक छ भनेर आफुहरुलाई बोलाएको तर संस्थाका संचालक समितिका पदाधिकारीहरु नै नआएपछि आक्रोशित बनेको पीडित बचतकर्ता सेवाग्राहीहरुले कार्यबाहक अध्यक्ष सिंहलाई समातेर नयाँ बजारस्थित सार्वजनिक शौचालयमा करिव आधा घण्टा थुनेपछी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले अध्यक्ष सिंहलाई शौचालयबाट बाहिर निकाली नियन्त्रणमा लिएको छ ।

अध्यक्ष सिंहका अनुसार संस्थाले हाल बचतकर्ताहरुको करिव पौने २ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था रहेको छ । तर संचालक समितिका अरु पदाधिकारीहरु गायव भएपछि आफु बचतकर्ताहरुको दवाव झेल्न बाध्य भएको बताएका छन ।

संचालक समितिका पदाधिकारीहरु संस्थाको पैसाले आफ्नो निजी कारोबार घरघडेरी किन्ने, छोराछोरीलाई विदेश पढ्न पठाउने र संस्थालाई डुबाएर सबैको बचत गरिएको रकम आफ्नो मोज मस्ती गरी खाने पचाउने गरेको बचतकर्ताहरुको आरोप छ ।

बचतकर्ता सेवाग्राहीहरुका अनुसार करिव एक वर्षदेखि संस्थाको कार्यालय बन्द रहेको भएपनि पछाडीको गेट खोलेर बेला बेलामा संचालक समितिले बैठक तथा कार्यलय संचालन गर्दै आएको खबर पाएपछि यघअघि तीन जना कर्मचारी पनि भित्र थुनेर गेटमा ताल्चा लगाएका थिए ।

संस्थाका बचतकर्ता सेवाग्राहीहरुले बचत रकम फिर्ताका लागी माग गरेका छन् । संस्थामा वर्षौदेखि मेहनतले कमाएको पैसा दैनिक बचत जम्मा गरेको भएपनि संस्था बन्द गरी संचालक समितिले पैसा घोटाला गरेको बचतकर्ता दिनेश साहले बताए ।

संस्थाबाट आफुले ५ लाख रुपैयाँ बचत फिर्ता लिनुपर्ने शाहले बताएका छन् । सो संस्थाले सयौ सेवाग्राहीको बचत रकम गोलमाल गरेको पीडित बचतकर्ता महिला सिता साह बतौलीले बताइन् । महेन्द्रनगरमा एक समयमा निकै चर्चित रहेको श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिका पदाधिकारीहरुले सेवाग्राहीको बचत रकम गोलमाल गरी फरार हुनुले बचतकर्ताहरु थप आक्रोस बनेका छन ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …